बैज्ञानिक अनुसन्धानले मात्र कोरोना उत्पतिलाई पुष्टि गर्न सक्ने
2021-01-14 19:29:38cri
Share with:

चिनियाँ जडिबुटी औषधीको कारण कोरोना महामारी फैलिएको बेलायतका प्रधानमन्त्री जोनसनको भनाइको चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले खण्डन गर्नु भएको छ।

जनवरी १२ तारिख चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लिच्यानको अध्यक्षतामा परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनको आयोजना गरिएको छ। सो पत्रकार सम्मेलनमा यस हप्ताको सोमबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले चिनियाँ जडिबुटी औषधीको कारण कोरोना महामारी फैलिएको बताउनुभएको कुराप्रति परराष्ट्र मन्त्रालयको के टिप्पणी रहेको छ भन्ने पत्रकारले प्रश्नको जवाफ दिनु भएको छ।

सो प्रश्नको जवाफ दिँदै प्रवक्ता चाउ लिच्यानले कोरोना भाइरसको उत्पति विज्ञानको एउटा समस्या हो भन्दै बैज्ञानिकहरुले निष्ठापूर्वक र लगनशील रुपमा अनुसन्धान गरेपछि मात्रै बैज्ञानिक परिणाम हुनसक्ने चीनले बारम्बार भन्दै आएको बताउनुभयो।