चीनको वैदेशिक व्यापारद्बारा विश्वलाई पुनरुत्थानमा शक्ति प्रदान
2021-01-15 20:43:00cri
Share with:

चीनको वैदेशिक व्यापारद्बारा विश्वलाई पुनरुत्थानमा शक्ति प्रदान_fororder_TIM圖片20210115163947

गत वर्ष २०२०मा चीनमा आयात निर्यातको कुल मात्राले नयाँ ऐतिहासिक किर्तिमानको सिर्जना गरेको छ। निर्यातको कुल मात्राले इतिहासमा पनि नयाँ किर्तिमान सिर्जना गरेको छ र अन्तर्राष्ट्रिय बजारको अनुपातले पनि इतिहासको सबभन्दा राम्रो रेकर्डलाई कायम राखेको देखिन्छ। चीनको भन्सारको मुख्यालयले जनवरी १४ तारिख जारी गरेको सन् २०२० चीनको वैदेशिक व्यापार सम्बन्धी उपलब्धि सुची रहेको छ। नयाँ कोरोना महामारीले पूरै विश्वलाई डामाडोल बनाएको र सीमा पार गरिने व्यापार ठूलो मात्रामा घटेको पृष्ठभूमिमा यस्तो उल्लेखनीय उपलब्धि झनै असहज र मूल्यवान देखिएको छ।

चीनको वैदेशिक व्यापारद्बारा विश्वलाई पुनरुत्थानमा शक्ति प्रदान_fororder_TIM圖片20210115163942

प्राप्त तथ्याङ्क अनुसार, सन् २०२० टेक्सटाइन वस्तु, चिकित्सा प्रबन्ध र औषधीको कुल निर्यात मात्राले ३१ प्रतिशतले बृद्धि भएको छ। गत मार्चदेखि डिसेम्बर महिनाको अन्त्यसम्म चीनले २ खर्ब २४ अर्ब २० करोड मास्कको निर्यात गरेको छ। यसबाट के देखिन्छ भने चीनले स्वदेश बाहिरका पुरै विश्वका प्रत्येक मानिसलाई लगभग ४० वटा मास्क प्रदान गरेको छ।

चीनको वैदेशिक व्यापारद्बारा विश्वलाई पुनरुत्थानमा शक्ति प्रदान_fororder_TIM圖片20210115163950

विविध अन्तर्राष्ट्रिय संस्थाका अनुमान अनुसार, नयाँ वर्षमा चीनको वैदेशिक व्यापार बृद्धि हुने प्रवृत्ति सम्भवत: निरन्तर रुपमा हुँदै जानसक्ने छ। त्यसबाट के प्रमाणित गरिएको छ भने विश्वव्यापीकरण हुँदैजाने अवस्थामा विश्वका विभिन्न मुलुकहरूले एकबद्ध भएर महामारीको प्रतिरोध गर्नुका साथै साझा खुलापनलाई अघि बढाएपछि मात्र विश्वव्यापी औद्योगिक लाइन र आपूर्ति लाइनको पुनरुत्थानलाई तीव्र पार्न सक्नेछ। चीनले आर्थिक पुनरुत्थान हुने सकारात्मक शक्तिलाई निरन्तर रुपमा पूरै विश्वलाई प्रदान गर्दैजानेछ।