राजनीतिक द्वन्द्वबाट अमेरिकामा जीवन्त शक्ति घट्यो
2021-01-15 20:40:41cri
Share with:

राजनीतिक द्वन्द्वबाट अमेरिकामा जीवन्त शक्ति घट्यो_fororder_TIM圖片20210115194642

राजनीतिक अधिकारको हस्तान्तरण अवधिमा रहेको वाशिङ्टन यतिबेला अशान्त बनेको छ। त्यहाँ राजनीतिक झगडा चर्कँदै आएको छ।

नयाँ वर्षको शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका केही समर्थकहरुले संसदभवनमाथि आक्रमण गरी आमनिर्वाचनको नतिजा उल्ट्याउन खोजेका थिए। त्यसपछि डेम्रोक्र्याटिक पार्टीको समर्थनमा अमेरिकी संसदको प्रतिनिधि सभाले “विद्रोहलाई उत्तेजित गराएका”कारण वर्तमान राष्ट्रपति ट्रम्पलाई दोस्रो पटक महाभियोग लगाएको छ।

राजनीतिक द्वन्द्वबाट अमेरिकामा जीवन्त शक्ति घट्यो_fororder_TIM圖片20210115194646

अनेकन राजनीतिक हाँस्यास्पद नाटकको पछाडी अमेरिकी समाजमा रहेका विविध अन्तर्विरोधहरु एकैसाथ उत्पन्न भएका छन्। जुन व्यक्तिगत आक्रोश र पार्टीहरु बीचको झगडा चर्केको एउटा अभिव्यक्ति पनि हो।

वास्तवमा राजनीतिक झगडा अमेरिकाको राजनीतिको एउटा विशेषता हो। अमेरिकाका दुई वटा पार्टीले आफ्नो पार्टीको हितलाई राष्ट्र र जनताको हितभन्दा माथि राखेर एक अर्कासँग गम्भिरताका साथ संघर्ष गरेका छन्। कोरोना महामारीले ल्याएको ठूलो क्षतिको सामु दुई पार्टीले निरन्तर रुपमा एक अर्कासँग झगडा गरिरहेका छन्।

राजनीतिक द्वन्द्वबाट अमेरिकामा जीवन्त शक्ति घट्यो_fororder_TIM圖片20210115194648

वास्तवमा पार्टीहरु बीचको झगडा अमेरिकी राजनीतिक क्षेत्रमा लामो समयदेखि रहँदै आएको छ। झगडा भएको कारण धेरै महत्वपूर्ण नीतिको तर्जुमा गर्न निकै अप्ठ्यारो परेको छ। त्यसैले अमेरिकाका धेरै सामाजिक अन्तर्विरोधको लामो समयसम्म समाधान हुनसकेको छैन। हाल मेरिकाको राजनीतिक जोखिमको सल्लाह संस्था युरासिया ग्रुपले “अमेरिकाको राजनीतिक पृथकता”लाई “सन् २०२१ मा विश्वका दशवटा जोखिम सूची”मा पहिलो स्थानमा राखेको छ। राजनीतिक द्वन्द्वबाट अमेरिकाको जीवन्त शक्ति घट्दै आएको छ।