इटालीमा सन् २०१९ को नोभेम्बरमै कोरोना संक्रमित देखा परेको पुष्टि
2021-01-15 20:39:04cri
Share with:

आन्सा समाचार समिति र “ला रिपाब्लिका” वेबसाइट लगायत इटालीका सञ्चार माध्यमले जनवरी ११ तारिख गरेको सम्प्रेषण अनुसार, इटालीको मिलान विश्वविद्यालयको नेतृत्वमा रहेको एउटा अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले इटालीका एक जना युवती छाला रोगीको सन् २०१९ को नोभेम्बर १० तारिखको नमूनामा कोरोना भाइरस फेला पारेको छ। सो परिणास्वरुप इटालीमा सबैभन्दा पहिले भएका कोरोना संक्रमितको समय सन् २०१९ को नोभेम्बरमा सारिएको छ।

गहन अनुसन्धानको क्रममा धेरै मुलुकहरुमा कोरोना संक्रमित देखा परेको समय फेरि अघि सारिएको धेरै अनुसन्धानबाट प्रष्ट भएको छ।