छिङहाई तिब्बती पठारभूमिमा सबैभन्दा ठूलो कार्गो वायु ढुवानी सञ्चालन
2021-01-15 10:35:52cri
Share with:

छिङहाई तिब्बती पठारभूमिमा सबैभन्दा ठूलो कार्गो वायु ढुवानी सञ्चालन_fororder_05563c0947d4436c99c7221e1deb4485

जनवरी ६ तारिख चाइना पोस्टको विमान (सीएफ-९०५१) छिङहाईको सदरमुकाम सिनिङको छाउ च्या पाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। जसबाट छिङहाई तिब्बती पठारभूमिमा सबैभन्दा ठूलो कार्गो वायु ढुवानी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। यो वायु ढुवानी सेवाले छिङहाई क्षेत्रको विशेषतायुक्त आर्थिक विकासको प्रभावकारी रूपमा प्रवर्द्धन गर्दै पूरै छिङहाई प्रान्तको कृषि तथा पशुपालन व्यवसायको विकासका लागि शक्तिशाली समर्थन सिर्जना गर्ने छ।