इन्डोनेशियाका राष्ट्रपतिद्वारा चिनियाँ खोप ग्रहण
2021-01-15 20:39:30cri
Share with:

इन्डोनेशियाले जनवरी १३ तारिखदेखि देशभरी कोरोना खोप लगाउन थालेको छ। इन्डोनेशियाका राष्ट्रपति जोको विदोदो खोप लगाउने पहिलो व्यक्ति बन्नुभएको छ। जनवरी १३ तारिख विहान जोकोलाई राष्ट्रपति भवनमा पहिलो खोप लगाइयो। सो खोप चीनको साइनो भ्याक्स कम्पनीद्वारा उत्पादन गरिएको हो। इन्डोनेशियाका धेरै सञ्चार माध्यमहरुले यो क्रमलाई महत्वम्पूर्ण रुपमा प्रत्यक्ष प्रसारण गरेका छन्। इन्डोनेशियाको “हारिआन कोमपास”समाचार पत्रका अनुसार, खुला रुपमा कोरोना खोप लगाउने राष्ट्रिय नेता जोको सातौं व्यक्ति हुनुहुन्छ, तथापि जोकोलाई मात्रै चिनियाँ खोप लगाइएको छ, जसबाट चिनियाँ खोपप्रति उहाँको विश्वास देख्न सकिन्छ।