#आँखीझ्याल# “यी ऊ-म्याड्रिड” रेलवे एक्सप्रेसद्वारा यी ऊ र विश्वका लागि खरिद- विक्रीको ठूलो चौतारो उपलब्ध
2021-04-16 15:30:19cr
Share with:

 

#आँखीझ्याल# “यी ऊ-म्याड्रिड” रेलवे एक्सप्रेसद्वारा यी ऊ र विश्वका लागि खरिद- विक्रीको ठूलो चौतारो उपलब्ध_fororder_1127062023_16124006525591n

एउटा रेलगाडी चीनको च च्याङ प्रान्तीय यी ऊ शहरबाट २१ दिनमा आठ वटा मुलुक पार गर्दै तेह्र हजार किलोमिटरको दूरी तय गरी अन्त्यमा स्पेनको म्याड्रिड पुग्ने गर्दछ। यो “यी ऊ-म्याड्रिड” रेलवे एक्सप्रेस हो। यो गाडीले यी ऊको पोशाक, मोटर गाडीको पार्टपुर्जा तथा ससाना सामानलाई यूरोपको विभिन्न मुलुकतर्फ पठाउने गर्दछ। म्याड्रिड फर्कँदा गाडीले यूरोफको वाइन, जैतुनको तेल, धुलो दुधआदि सामानहरू बोक्ने गर्दछ। यो गाडीले यी ऊ र विश्वका लागि खरिद-विक्रीको ठूलो चौतारो उपलब्ध गराएको छ।

वाङ स्याउ चाङले स्पेनमा बीस वर्षदेखि व्यापार गर्दैआएका छन्। वसन्त चाडपछि उनले “यी ऊ-म्याड्रिड” रेलवे एक्सप्रेसमार्फत स्पेनतर्फ धेरै सामान ढुवानी गरेका छन्। ती समानमा रात्री पोशाक, मास्कआदि समावेश छन्। वाङ स्याउ चाङ भन्छन् “यो रेलवे एक्सप्रेस एक सातामा धेरै पटक चल्छ। तर जल ढुवानी एक सातामा एक वा दुई पटक मात्रै हुन्छ। यसका साथै यी ऊमा भन्सार प्रक्रिया पनि सजिलो छ।”

चालू वर्षका अघिल्ला दुई महिना यी ऊ-म्याड्रिड रेलवे एक्सप्रेसको संख्या ३४२ वटा पुग्यो। आयातित सामान बोकेको रेलको संख्याको अनुपात ३० प्रतिशतभन्दा पुगेको छ। स्पेन, रुसलगायतका दश वटा “बेल्ट एण्ड रोड” मा आबद्ध मुलुकका एक सयभन्दा बढि किसिमका सामान चीनमा प्रवेश भएको छ।