अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जर्मनी र अस्ट्रियामा बसोबास गर्ने चिनियाँ महिला सङ्गीतकर्मीद्वारा अनलाइन कन्सर्ट आयोजित
2021-04-19 09:53:14cr
Share with:

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा जर्मनी र अस्ट्रियामा बसोबास गर्ने चिनियाँ महिला सङ्गीतकर्मीद्वारा अनलाइन कन्सर्ट आयोजित_fororder_1

मार्च ८ तारिख जर्मनी र अस्ट्रियामा बसोबास गर्ने चिनियाँ महिला सङ्गीतकर्मीहरुले “कलाउड” मा भेला भएर “फूल फुल्ने ऋतु” शीर्षकमा अनलाइन कन्सर्टको आयोजना गरेका छन्। उहाँहरुले यस कन्सर्टमार्फत विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना पनि व्यक्त गरेका छन्।

जर्मनीका लागि चिनियाँ राजदूतावासकी श्रीमती कन्सुलर को चिन छ्युले जर्मनीका लागि चिनियाँ राजदूतावासको तर्फबाट अनलाइन कन्सर्टको सफल आयोजनाप्रति बधाई व्यक्त गर्दै कन्सर्टमा भाग लिएका महिला सङ्गीतकर्मीहरुलाई ह्रदयबाट कृतज्ञता ज्ञापन गर्नुभयो। उहाँ भिडियोमार्फत सम्बोधन गर्नुहुन्छ,

विगत धेरै वर्षयता जर्मनीमा बसोबास गर्ने चिनियाँ दिदी बहिनीहरुले मेहनतका साथ आफ्नो कार्यको विकास गरी चीन र जर्मनीबीचको गैर-सरकारी मित्रता र आदान-प्रदानलाई अघि बढाउने क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनीहरुले चिनियाँ महिलाहरुको आत्मविश्वास, आत्मनिर्भर र आत्मबल भन्ने छवि पूर्ण रुपमा देखाएका छन्। अहिले कोरोना महामारीले स्थानिय समाजलाई यथावत रुपमा गहन प्रभाव पारी तपाईँहरुको जीवन र काममा धेरै चुनौती ल्याएको छ। सो कन्सर्टले तपाईँहरुलाई मानसिक रुपमा प्रोत्साहन दिनसक्ने आशा मैले राखेकी छु। जर्मनीमा बसोबास गर्ने चिनियाँ दिदी बहिनीहरुले आफ्नो क्षेत्रमा चीन-जर्मनी मैत्रीपूर्ण आदान-प्रदानका लागि योगदान पुर्‍याउनसक्ने आशा पनि मैले राखेकी छु।

अखिल चीन महिला विभागकी प्रमुख मु हुङले चिनियाँ जनता सुखमय जीवनका लागि प्रयासरत् रहेको र हरेक महिलाको सपना साकार तुल्याइने अवसर रहेको बताउनुभयो। कोरोना महामारी सकेको छैन, तथापि सबै जनाको मनमा आशा छ, विश्वका जनतासँगै मिलेर अघि बढ्ने हो भने कठिन समय अवश्य नै बित्ने पनि उहाँले औंल्याउनुभयो। मु हुङ भन्नुहुन्छ,

सङ्गीत मानव जातिको सबैभन्दा मीठो भाषा हो। कोरोना महामारीको बावजुद प्रसिद्ध सङ्गीत कण्डक्टर चङ श्याउ यिङको निर्देशनमा जर्मनीमा बसोबास गर्ने आठ जना चिनियाँ महिला सङ्गीतकर्मीले सङ्गीतमार्फत मित्रता र शान्ति हस्तान्तरण गरेका छन्। उनीहरुले सङ्गीतमार्फत कठिनाईलाई जित्ने आशा व्यक्त गरी एकबद्ध भएर उज्यालो भविष्य सिर्जना गर्ने स्वदेश र विदेशमा बसोबास गर्ने चिनियाँहरुको बलियो शक्ति देखाएका छन्।

केन्द्रीय सङ्गीत विद्यालयकी प्राध्यापक चङ श्याउ यिङ चीनको पहिलो सिम्फोनी संचालक हुनुहुन्छ। ९२ वर्षीय प्राध्यापक चङले हिजोआज अरु बढी चिनियाँ सङ्गीतकारहरु जर्मनी र अस्ट्रियाको थिएटरमा सक्रियताका साथ प्रस्तुती गर्दैआएको र तीमध्ये प्रायजसो महिलाहरु भएको बताउनुभयो। चङ श्याउ यिङ भन्नुहुन्छ,

चालू वर्षको कोरोना महामारीको विशेष पृष्ठभूमिमा यस पटकको कन्सर्टले विश्वका महिलाहरुका लागि, चीन र जर्मनीको मित्रताका लागि योगदान पुर्‍याएको छ। कन्सर्टमा वरिष्ठ चिनियाँ महिला सङ्गीतकारहरुले भाग लिएका छन्। उनीहरुले क्लासिक सङ्गीत क्षेत्रमा उच्च अन्तर्राष्ट्रिय उपलब्धि हासिल गरेका छन्। जसले चिनियाँ महिलाहरुप्रति अरुको पूर्वाग्रह हटाउँदै चिनियाँ महिलाहरुका लागि इज्जत तथा सम्मान व्यक्त गरेको छ। उनीहरुको प्रतिभा र मेहनतले चिनियाँहरुको सम्मान बढेको छ। भविष्यमा सङ्गीत थिएटरमा अरु बढी उत्कृष्ट चिनियाँ महिला सङ्गीतकर्मीहरु देखा पर्ने आशा मैले राखेकी छु। हरेक महिला फुलेको एउटा फूल हो। हामी महिला भएमा मात्रै फूल फुल्ने ऋतु हुन्छ।