अमेरिकी सभ्यता अभूतपुर्व संकटमा: अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख
2021-04-21 10:55:31cri
Share with:

अमेरिकी द वाशिङटन टाईम्सको वेबसाइटले अप्रिल १४ तारिख अमेरिकी सभ्यताको संकट शीर्षकको एउटा लेख प्रकाशित गर्दै हाल समस्त अमेरिकीहरू अमेरिकी सभ्यताको संकटमा परिरहेको र त्यसको खतरा अमेरिकी गृह युद्ध अथवा दोस्रो विश्व युद्धको संकट बराबर रहेको ठहर गरेको छ।

 

उक्त लेखका लेखक अमेरिकी प्रतिनिधि सभाका पूर्व सभामुख नेविट गिङरिच हुनुहुन्छ। उहाँका अनुसार, हाल अमेरिकासामु भित्र र बाह्य जगतबाट निकै ठूलो त्रास धम्की देखा परेको देखिन्छ। अन्तर्राष्ट्रिय जगतमा अमेरिकाले पुनरुत्थान हुँदैआएको चीनको सामना गर्नुपर्छ। त्यसको आर्थिक, वैज्ञानिक र प्राविधिक शक्ति पूर्ण रूपमा‍ अमेरिकासँग तुलना गर्नसकिन्छ। तैपनि बाह्य जगतको चुनौतीको दाँजोमा अमेरिकी सभ्यता अझ खतरनाक देखिएको छ।