ब्राजिलद्वारा अर्को चिनियाँ कोभिड खोपको क्लिनिकल परीक्षणका लागि अनुमति
2021-04-21 16:03:32cri
Share with:

ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले अप्रिल १९ तारिख बताए अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ।

यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो। गत वर्षको जुलाई महिनामा चीनको साइनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिड खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो।