संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस अर्थात् चाइना मिडिया ग्रुपको पहिलो विदेशी भिडियो महोत्सवको आयोजना
2021-04-21 10:57:08cri
Share with:

संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस अर्थात् चाइना मिडिया ग्रुपको पहिलो विदेशी भिडियो महोत्सवको आयोजना_fororder_活動1

सन् २०२१ संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस अर्थात् चाइना मिडिया ग्रुपको पहिलो विदेशी भिडियो महोत्सव अप्रिल २० तारिख जेनेभामा सफलताका साथ आयोजना गरिएको छ। जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालयलगायत अन्य अन्तर्राष्ट्रिय संगठनका चिनियाँ आबासीय प्रतिनिधि राजदुत छ्न स्यु, जेनेभास्थित संयुक्त राष्ट्र संघ कार्यालयका महाप्रबन्धक भालोनिया र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले इन्टरनेटमा आयोजित गतिविधिमा सहभागी हुँदै सम्बोधन गर्नुभएको छ।

संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस अर्थात् चाइना मिडिया ग्रुपको पहिलो विदेशी भिडियो महोत्सवको आयोजना_fororder_活動2

चाइना मिडिया ग्रुपको पहिलो विदेशी भिडियो महोत्सव उक्त संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवसका महत्वपूर्ण कार्यक्रमहरूमध्येको एक हो। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङले सबै पुरस्कृत व्यक्ति र सहभागी व्यक्तिहरूलाई बधाई व्यक्त गर्नुभएको छ। उहाँका अनुसार, सहभागीहरूले एउटै भाषामार्फत विश्वलाई विभिन्न किसिमका स्वर सुनाएका छन्। धेरै किसिमका स्वर र एउटै विश्व भन्ने नारा संयुक्त राष्ट्र संघको बहु संस्कृतिको विशेषता नै हो।

संयुक्त राष्ट्र संघको चिनियाँ भाषा दिवस अर्थात् चाइना मिडिया ग्रुपको पहिलो विदेशी भिडियो महोत्सवको आयोजना_fororder_活動3