चीनको पर्यटकीय सहर छिङताउमा नेपाली कला प्रदर्शनी
2021-04-21 15:44:50CRI
Share with:

 

चीनको पर्यटकीय सहर छिङताउमा नेपाली कला प्रदर्शनी_fororder_Nepali News 1(2)

साङ्हाई सहयोग संगठन (एससीओ) का सदस्य राष्ट्रहरूको व्यापारिक प्रदर्शनीअन्तर्गत चीनको सानतोङ प्रान्तको छिङताउ सहरमा मंगलबार ‘नेपाली कला प्रदर्शनी’ सुरु भएको छ। प्रदर्शनीमा नेपाली काष्ठ कलाकृति, सांस्कृतिक सम्पदा झल्काउने वस्तु, हस्तकलाका सामग्री र विशेष गरी नेवारी थांका कला समावेश गरिएको छ। आगामी आइतबारदेखि वाणिज्य तथा व्यापार विषयक संगठनका सदस्य मुलुकहरू सम्मिलित प्रदर्शनी पनि हुने कान्तिपुर अनलाइनले लेखेको छ।

कला प्रदर्शनीमा कोभिड–१९ का कारण रुस, पाकिस्तान, भारतलगायत सदस्य मुलुकहरूले भर्चुअल विधिमार्फत भाग लिएका छन् भने चीनकै यिवु र राजधानी बेइजिङबाट गएका नेपाली कला विक्रेताहरू भने प्रत्यक्ष रूपमा सहभागी छन्।

चीनको पर्यटकीय सहर छिङताउमा नेपाली कला प्रदर्शनी_fororder_Nepali News 1-3

सन् २०१८ मा छिङताउ प्रान्तमा भएको साङ्हाई सहयोग संगठनका शीर्ष नेताहरूको सम्मेलनका सिलसिलामा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीन र संगठनअन्तर्गतका मुलुकहरूबीच व्यापार वाणिज्य, आयात–निर्यातलाई सक्रिय बनाउने उद्घोष गरेबमोजिम पहिलो प्रदर्शनी २०१९ मा भएको थियो। अघिल्लो वर्ष कोभिड–१९ कारण हुन नसकेको प्रदर्शनीलाई यो वर्ष निरन्तरता दिइएको हो।

चीनको पर्यटकीय सहर छिङताउमा नेपाली कला प्रदर्शनी_fororder_Nepali News 1-2

नेपाली दूतावास, चीन–साङ्हाई सहयोग संगठन, स्थानीय व्यापार तथा वाणिज्य सहकार्य प्रदर्शनी क्षेत्र व्यवस्थापन कमिटी, छिङताउ साङ ह यी त संस्कृति विकास, बेइजिङस्थित नेवारी अन्तर्राष्ट्रिय संस्कृति तथा कला आदानप्रदान केन्द्रलगायतको पहलमा भएको प्रदर्शनीको उद्घाटनमा बेइजिङस्थित नेपाली दूतावासका मिनिष्टर सुशील लम्सालले भन्नुभयो, ‘नेपाली व्यवसायी र हस्तकलाका सामग्री उपलब्ध भएकाले प्रत्यक्ष सहभागिता सम्भव भएको हो।’

सानतोङ प्रान्तअन्तर्गत विभिन्न अधिकारीहरू, नेपाल–चीन कल्चरल एक्सचेन्ज सेन्टरका निर्देशक छ्याओ क्वो च्वीनलगायतले यो प्रदर्शनीसँगै अर्थतन्त्र चलायमान हुने प्रक्रियामा अघि बढेको बताउनुभयो। उद्घाटनमा लम्सालले कोरोना महामारीका बीचमा पनि नेपाल विशेष शीर्षकमा यस्तो खालको प्रदर्शन गरिनु आत्मीय सम्बन्धको नमुना भएको टिप्पणी गर्नुभयो।

नेपाल प्राकृतिक, सांस्कृतिक र ऐतिहासिकताले धनी भएको बताउँदै उहाँले महामारी प्रतिरोधमा चीनसँगको सहकार्यका लागि इच्छुक रहेको बताउनुभयो। यो एक्स्पो नेपाल हेर्ने झ्याल भएको बताउँदै उहाँले अवलोकनकर्ताहरूले नेपालको सांस्कृतिक सम्पदाबारे थाहा पाउने भनाइ राख्नुभयो।