चीनका उप परराष्ट्र मन्त्री ल यु छङद्वारा एपीलाई अन्तर्वार्ता
2021-04-21 16:14:31cri
Share with:

अप्रिल १६ तारिख चीनका उप परराष्ट्र मन्त्री ल यु छङले एपीअन्तर्गत ग्रेटर चाइनाका प्रेस निर्देशक केन टेइजो मोरिसुगुलाई विशेष अन्तर्वार्ता दिनुभएको छ।

सो अन्तर्वार्तामा ल यु छङले चीन र अमेरिका यी दुबै ठूला मुलुकबीचको प्रतिस्पर्धा अपरिहार्य भएको तर दुई मुलुकबीचको प्रतिस्पर्धा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र दुष्ट प्रतिस्पर्धा हुनुनहुने अडान चीनले लिएको बताउँदै  विश्वमा विशेष दायित्व रहेका दुई ठूला मुलुकको रुपमा चीन र अमेरिकाले प्रतिद्वन्द्व खास गरी कृत्रिम प्रतिद्वन्द्वबाट जोगिनुपर्ने औँल्याउनु भयो। उहाँले सहयोगलाई विस्तार गर्नुपर्ने भन्दै दुई पक्षीय सहयोगबाट लाभान्वित हुनसक्ने कुरा अन्तर्वार्तामा बताउनुभएको छ।