नेपालले खुलायो पर्यटकका लागि अनअराइभल भिसा
2021-09-22 19:02:28cri
Share with:

नेपालले खुलायो पर्यटकका लागि अनअराइभल भिसा_fororder_Nepali News 3

नेपालले खुलायो पर्यटकका लागि अनअराइभल भिसा

नेपाल सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ। यसबारे औपचारिक निर्णय भने आज बुधबार हुने एक सरकारी निकट स्रोतले जानकारी दिएको देश संचार अनलाइनले लेखेको छ।

सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो।

यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका छन्। यस्तै सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइन पनि बन्द गरेको छ।