चीनद्वारा अमेरिकी कुकर्मको सूचि जारी #चीनअमेरिकासम्बन्ध #हङकङ
2021-09-24 17:48:53cri
Share with:

चीनद्वारा अमेरिकी कुकर्मको सूचि जारी #चीनअमेरिकासम्बन्ध #हङकङ_fororder_IMG_0770(20210924-175235).JPG

सेप्टेम्बर २४ तारिख अमेरिकाले हङकङ मामिलाको हस्तक्षेप गरेको र चीन विरोधी हङकङलाई डामाडोल बनाउने शक्तिलाई समर्थन गरेको अनेकन् तथ्यको सूचिलाई चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको छ। सन् २०१९ “नियमको संशोधन भिडन्त” यता अमेरिकाले हङकङको सामाजिक डामाडोल अवस्था मच्चाउन खोजेको विविध कुकर्मलाई विश्वसमक्ष देखाएको हो। ती तथ्यबाट के प्रमाणित गरिएको छ भने अमेरिकाले जथाभावी रूपमा हङकङ मामिलाको हस्तक्षेप गर्न विविध बदमाश गतिबिधि चलाएको र नक्कली दोहोरो मापदण्ड अपनाएको देखिन्छ।

उक्त तथ्य सूचिलाई ५ भावमा विभाजित गरिएको छ। त्यसमध्ये अमेरिकाले हङकङ मामिलाको जथाभावी रूपमा हस्तक्षेप गरेको, तथाकथित प्रतिबन्दी लगाएको, हङकङ मामिलाको बदनाम गरेको, चीन विरोधी हङकङलाई डामाडोल बनाउने शक्तिलाई आश्रय दिएको र अन्य संगातीलाई बोलाएर संगै मिलेर हङकङ मामिलामा हस्तक्षेप गरेको लगायत विविध कुकर्म पनि समावेश छन्।

हाल अमेरिकाले मच्चाएको भिडन्त र प्रजातन्त्र, मानव अधिकार, स्वतन्त्रता र कानुनी व्यवस्थापनको उल्लंघन गरेका अनेकन् काण्डहरू विश्वका विभिन्न स्थानमा भइरहेका छन्। तथाकथित “मानव अधिकारको रक्षक” भनिने अमेरिका वास्तवमा मानव अधिकारको उल्लंघन गर्ने सबैभन्दा ठूलो मान्छे नै हो। चीनले चालेको उचित र न्यायोचित कदमबाट के स्पष्टसँग देखाइएको छ भने चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र चीनको राष्ट्रिय हित र इज्जतलाई हानी पुर्‍याएका जुनसुकै भनाइ र गराइप्रति चीनले आवश्यक र सशक्त रूपमा त्यसको जवाफी कदम चाल्नुपर्छ।