२०२२ नयाँ वर्षको शुभकामना
2021-12-31 20:42:06CRI
Share with:

२०२२ नयाँ वर्षको शुभकामना_fororder_rBABCmHO7kaABqncAAAAAAAAAAA110.1062x598.862x485

नव वर्ष आउनुअघि चीनका राष्ट्रध्यक्ष सी चिनफिङले चाइना मिडिया ग्रुप तथा इन्टर्नेटमार्फत सन् २०२२ नव वर्षको शुभकामना ज्ञापन गर्नुभएको छ।

सबैलाई नमस्कार। सन्२०२२ आउन लागिरहेको छ। म पैचिङबाट सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना दिन चाहन्छु।

चालु वर्षको यात्रा सिंहावलोकन गर्दा यो असाध्यै अर्थपूर्ण वर्ष रहेको मान्नुपर्छ। हामीले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीनको इतिहासमा कोशे ढुङ्गा स्वरुप ठूला घटनाहरुको अनुभव गरेका छौं। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षको बेला सम्पन्न समाजको पूर्ण निर्माण पूरा गर्नु र नयाँ चीन स्थापना भएको एक सय वर्षको घडीमा समृद्ध, प्रजातान्त्रिक, सभ्य र मेलमिलापयुक्त समाजवादी आधुनिक मुलुकको निर्माण पूरा गर्ने २ वटा ‘सय वर्ष’ भन्ने लक्ष्य पूरा गर्ने प्रक्रिया जोडिएका छन् र हामीले सम्पूर्ण समाजवादी आधुनिक देश निर्माण गर्ने नयाँ यात्रालाई थाल्दै चिनियाँ राष्ट्रको महान पुनरुत्थानलाई साकार तुल्याउने बाटोमा टाउको उठाउँदै अघि बढिरहेका छौँ।

चालु वर्षको थालनीदेखि अन्तसम्म अन्नबालीको खेतीमा होस् वा उद्यममा वा आवास क्षेत्रमा वा अस्पतालमा वा सैन्य क्याम्पमा वा वैज्ञानिक अनुसन्धानालयमा होस् सबैले वर्षभरि व्यस्तताका साथ योगदान दिएर उपलब्धिहरु हासिल गरेका छौँ। तीब्र गतिमा बितिसकेको समयमा एउटा दृढ र समृद्ध चीनलाई हामीले देखेका छौं र अनुभव गरेका छौं। समाननीय जनता, दिनप्रतिदिन परिवर्तित विकास र बिँडो थाम्ने महान कार्य यहाँ पाइन्छ।

जुलाई १ तारिख हामीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको शतबार्षिकोत्सवलाई भव्यताका साथ मनायौं। थिआनआनमनको वरण्डामा उभिँदा उतारचढाव भएको ऐतिहासिक यात्रामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा करोडौं जनताले दृढताका साथ विविध किसिमको कठिनाई पार्दै शुरुदेखिको मनलाई कायम राख्दाराख्दै एक सय वर्षको इतिहास भएको ठूलो पार्टीले पूरा गरेको महान काम उपलब्धिमुलक भएको छ। शुरुवातदेखिको मन नबिर्सिकन तोकिएको लक्ष्य पूरा गर्न सफल भएका छौँ। हामीले अथक प्रयास गर्दै अघि बढेमा मात्र इतिहास, हाम्रो युग र जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न सक्छौं।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा पार्टीको तेस्रो ऐतिहासिक निर्णय-प्रस्ताव पारित भयो। एक सय वर्षमा प्राप्त उपलब्धि उत्साहित हुन्छ र एक सय वर्षमा पाएको अनुभव सान्दर्भिक हुन्छ। पहिले राष्ट्राध्यक्ष माओ र ह्वान यानफै सर बीच यानआनको गुफाघरमा भएको गहन कुराकानीबारे चर्चा गरेको थिएँ कि आत्म क्रान्ति गर्ने आँट गरेमा मात्रै हामीले ऐतिहासिक उपाधि जित्न सक्छौं। चिनियाँ राष्ट्रको महान पुनरुत्थान भन्ने लक्ष्य बाजा बजाउँदै सजिलैसँग साकार तुल्याउने लक्ष्य होइन र छोटो समयमा सरल रुपमा पूरा गर्ने लक्ष्य पनि होइन। हामीले दीर्घकालीन ख्याल विचार राख्दै सुरक्षित समयमा चिन्ता राख्दै रणनीतिक निश्चितता तथा धैर्यलाई कायम राख्दै व्यापक तथा विस्तृत दुवै आयाममा ध्यान दिएर काम गर्नुपर्छ।

ठूलो मुलुकमा प्रशस्त काम छन् र मुख्य कामहरु पनि छन्। विविध कामलाई भन्नुपर्दा हजारौं परिवारसँग सम्बन्धित हुन्छ। मैले केही ठाँउका स्थलगत सर्वेक्षण गरेको छु र विविध किसिमका अवस्था पनि सुनेको र देखेको छु । यसै क्रममा मलाई प्रेरणा तथा प्राप्ति पनि भएको छ। हरेक सर्वसाधारणको घरमा पुग्दा के कस्तो कठिनाइ छ? भन्ने प्रश्न सोध्ने गर्छु र उनीहरुले भनेको सबै कुरा मैले मनमा राखेको छु।

जनताको चिन्ता मेरो मनमा खेलिरहने विषय हुन्। जनताको आशा मेरो गर्नुपर्ने काम हो। म पनि गाँउबाट आएको हुँ र गरिबीको अनुभव पनि गरेको छु। पुस्तौँपुस्ताको अथक प्रयास गरेपछि पहिले गरिबी अवस्थामा परेकाहरु आज आएर पेट भर्न सक्छन् र न्यानो लुगा लगाउन पाउँछन्। स्कुल जान पाउँछन्, बस्ने घर पनि पाएका छन् र चिकित्सा बिमाबाट पनि समेटिएका छन्।

सम्पन्न समाज चौतर्फी रुपमा पूरा गरेको र गरिबीबाट मुक्त भएको कुरा हाम्रो पार्टीले जनतालाई दिएको प्रतिबद्धता हो र विश्वका लागि दिएको योगदान पनि हो। सबैलाई अझै राम्रो जीवन बिताउनका लागि हामीले हालैको उपलब्धि पूर्ण गर्न सक्दैनौँ, हामी धेरै टाढासम्म यात्रा गर्नुपर्ने छ।

पहेंलो नदीको शान्ति चिनियाँ जनताको दीर्घकालीन प्रतीक्षा हो। हालैका वर्षहरूयता मैले पहेंलो नदीका माथिल्लो,मध्य र तल्लो भागका नौ प्रान्त र स्वायत्त प्रदेशको निरीक्षण गरेको थिएँ। पहेँलो नदी र याङसी नदी,निलो छिङहाई ताल र ब्रह्मपुत्र नदी,दक्षिणको पानीलाई उत्तरतर्फ पठाउने परियोजना,साइ हान पा वस्पतिको “हरित नक्सा”, युननानका हात्तीहरू यात्रा र तिब्बती मृगको बसाइ सराइबाट मानवले हरियो पहाडको बेवास्ता गर्ने हो भने हरियो पहाडले मानवको पनि बेवास्ता गर्ने कुरा प्रतिविम्वित भएको छ।

विगत एक वर्षमा धेरै अविस्मरणीय चिनियाँ आवाजहरू, चिनियाँ क्षणहरू र चिनियाँ कथाहरू पनि रेकर्ड भएका छन्:“कृपया चिनियाँ कम्युनिष्ट पार्टीसँग ढुक्क हुनुहोस् कि शक्तिशाली देश हामीसँग छ” भन्ने युवा वाचा, “साँचो प्रेम,चीनका लागि” भन्ने गहिरो भावनासहित अभिव्यक्ति, मंगल ग्रहको जाँच गर्ने चुरूङ नम्बर रोभर, सूर्यलाई पछ्याउने सिह नम्बर उपग्रह, ताराहरूका बीचमा यात्रा गरिरहेको थ्येन ह नम्बर अन्तरिक्ष स्टेशन कोर मोड्युल, खेलकुद क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेका खेलाडीहरू, महामारीको रोकथाम तथा नियन्त्रणका लागि सशक्त काम गरेका चिनियाँहरू, आवासको पुनःनिर्माणका लागि एक अर्कालाई मद्दत दिएका प्रकोपग्रस्त क्षेत्रका सर्वसाधारणहरू, जनता र मातृभूमिको संरक्षण गर्ने जन मुक्ति सेनाका सैनिक तथा सशस्त्र प्रहरीलगायतका अनगिन्ती महान् हिरोहरूको कडा परिश्रम र समर्पणले नयाँ युगमा अगाडि बढेको चीनको द्रुत गतिलाई बढाएको छ।

हङकङ र मकाउको समृद्धि र स्थिरता मातृभूमिको मुटुको नजिक छ।

एक अर्कालाई सहकार्य गर्ने र संयुक्त रुपमा प्रयास गर्ने मात्र “एक देश दुई व्यवस्था”नीतिलाई दीर्घकालीन रुपमा कार्यान्वयन गर्न सकिनेछ। मातृभूमिको सम्पूर्ण एकीकरण थाइवान जल-डमरुका दुई क्षेत्रका देशबन्धुहरूको साझा इच्छा हो। चिनियाँ राष्ट्रका समग्र छोराछोरीले मिलेर चिनियाँ राष्ट्रको सुन्दर भविष्यको संयुक्त रुपमा सिर्जना गर्ने अपेक्षा गरेको छु।

मैले विदेशी नेताहरू र अन्तर्राष्ट्रिय संगठनका जिम्मेवार व्यक्तिहरूसँग टेलिफोन वार्ता र भिडियो वार्ता गर्दा उहाँहरूले धेरै पटकसम्म चीनले महामारी बिरूद्ध र विश्वको महामारीको रोकथाम तथा नियन्त्रण गर्नका लागि दिएको योगदानको प्रशंसा गर्नुभएको छ। हालसम्म चीनले १२० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई २ अर्ब डोज कोरोना खोप उपलब्ध गराइसकेको छ। विश्वका विभिन्न मुलुकले एकतावद्ध भई सहकार्य गरे मात्र मानव भाग्य समुदायको नयाँ अध्याय लेख्न सकिन्छ।

अबको एक महिनाभन्दा केहीपछि पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद र पैचिङ प्यारा हिउँदकालीन ओलम्पिक खेलकुद शुरू हुँदैछ। अझै बढी व्यक्तिहरू बरफ र हिउँ खेलमा सहभागी गराउनु पनि ओलम्पिक खेलकुदको मुख्य सिद्धान्त हो। हामीले विश्वका लागि भव्य ओलम्पिक खेलकुद देखाउने छौँ। विश्वले चीनको प्रतीक्षा गर्दैछ। यसका लागि चीन तयार भइसक्यो।

नव वर्षका लागि घण्टी बज्न लागेको छ। हाम्रा तीन जना अन्तरिक्षयात्री अन्तरिक्ष ड्यूटीमा छन्। विदेशमा बसोबास गर्ने देशबन्धुहरूले सधैं नै विदेशमा परिश्रम गरिरहेका छन्। विदेशका लागि चिनियाँ राजदूतावास, चिनियाँ पूँजी उद्योग- व्यवसायहरूलगायतका व्यक्तिहरू र विदेशमा अध्ययनरत चिनियाँ विद्यार्थीहरूले सधैँ नै परिश्रम र अध्ययन गरिरहेका छन्। आफ्नो सपना बोकेका चिनियाँहरूले सक्दो प्रयास गरिहरेका र योगदान दिइरहेका छन्। तपाईंहरूको प्रयासप्रति म सलाम गर्नचाहन्छु र  सबैलाई नव वर्षको मंगलमय शुभकामना व्यक्त गर्नचाहन्छु।

साझा भविष्यका लागि हामी सबै मिलेर काम गरौं। देश शान्त र जनताबीचमा सद्भाव रहोस्।