(समाचार सन्दर्भ)तथाकथित "चीन मामिला विशेषज्ञ"
2022-01-21 21:26:01CRI
Share with:

 

(समाचार सन्दर्भ)तथाकथित "चीन मामिला विशेषज्ञ"_fororder_2(69).JPG

हालसालै, चिनियाँ सु चौ शहरमा बस्ने एकजना बेलायती भिडियो ब्लगर कर्ट म्याकआर्डलले आफ्नो सामाजिक सुरक्षा कार्डलाई लिएर ठट्टा गर्नुभयो। उहाँले त्यस कार्डलाई चिनियाँ सरकारबाट दिइएको "प्रशंसा गरी क्याशब्याक कार्ड" भनेर झुटो बनाउनुभयो। अर्थात् चीनका लागि फाइदाजनक भनाइ प्रकाशित गरेमा चीन सरकारबाट आर्थिक सहयोग पाउन सकिन्छ।

यो ठट्टा बित्तिकै, धेरै चीनविरोधी व्यक्तिहरूले अन्ततः "चीनले प्रचार पोस्ट गर्न विदेशीहरूलाई पैसा दिने" भन्ने प्रमाण पाएको दाबी खुशीयालीपूर्वक र सामूहिक रूपमा गरेका छन्। यहाँसम्म तीनजना पश्चिमी तथाकथित "चीन मामिला विशेषज्ञहरू" उक्त अफवाह  फैलाउनुका साथै यसको प्रयोग चीनमाथि निरन्तर हिलो छ्यापिरहेका छन्। उनीहरू बेलायती कन्जरभेटिभ पार्टीको मानव अधिकार समितिका सदस्य लुक द  पुल्फोर्ड, अमेरिकी रिपब्लिकन पार्टीको वैदेशिक मामिला संगठनका उपाध्यक्ष सोलोमन युए र अमेरिकी कर्नेल विश्वविद्यालयका प्राध्यापक म्याग्नुस फिस्केजो हुन्।

(समाचार सन्दर्भ)तथाकथित "चीन मामिला विशेषज्ञ"_fororder_4(44).JPG(समाचार सन्दर्भ)तथाकथित "चीन मामिला विशेषज्ञ"_fororder_3(57).JPG

नेपाली साथीहरूलाई यी "विज्ञहरू" को बारेमा थाहा छैन होला। तर उनीहरू बीबीसी, न्यूयोर्क टाइम्स र सीएनएन जस्ता पश्चिमाका मुख्य सञ्चारमाध्यमहरूबाट सम्मानित अतिथिको रूपमा बोलाइएका छन्। यद्यपि उनीहरूले चिनियाँ भाषा बुझ्दैनन्, वा "सामाजिक सुरक्षा कार्ड" को अर्थ बुझ्नका लागि इन्टरनेटमा खोज्न पनि मन पराउँदैनन्, तर पश्चिमा मुख्यधारका मिडियाले सधैं तिनीहरूको चीनबारे बेतुका टिप्पणी आधिकारिक रूपमा मानेका छन्।

नमूना दिऔं, लुक द पुल्फोर्ड अन्तर्राष्ट्रिय क्षेत्रमा हङकङ सम्बन्धि विषयलाई सँधै नै हेरफेर गर्ने गर्छ। सन् २०१९ मा हङकङमा फरार अपराधी अध्यादेशको संशोधन गर्दा हङकङ विपक्षीहरू तथा केही कट्टरपन्थी शक्तिहरूले शान्ति भेलाको नाउँमा विरोधी प्रदर्शन गर्दाखेरी कर्टले हङकङ विद्रोहीहरूको हङकङ अराजक गतिविधिहरुको लागि चन्दा जुटाएको थियो। साथै कर्टले नक्कली समाचारको प्रयोग गर्दै हङकङ प्रहरीमाथि हिलो छ्यापेर प्रहरीलाई आतंकवादको रूपमा बोलेको थियो। ती ३ जनामध्येको अर्को सोलोमन युए चीनमा फ्याँकेका पुराना मोबाइलफोनको परिचालन गरेको भिडियोलाई वुहानमा कोरोना लागेर मरेकाहरूका मोबाइलफोनलाई भूमिमा गाडेको भिडियो हो भन्ने झूटो कुरा बनाएको थियो र वुहानमा १.४५ करोड जना कोरोना लागेर मरेको आधारहिन झूठो कुरा बनाएको थियो। वास्तवमा सन् २०२१सम्म वुहानको कूल जनसंख्या १.३५ करोडभन्दा कम थियो। तीमध्येको अर्को कथित विशेषज्ञ म्याग्नुस फिस्केजोले धेरै पटक गरी चीनको सिनच्याङ सम्बन्धि झुटो कुरा बनाएको छ र चीन सरकारको सिनच्याङ नीतिलाई प्रहार गर्ने गर्छ।

(समाचार सन्दर्भ)तथाकथित "चीन मामिला विशेषज्ञ"_fororder_1(66).JPG(समाचार सन्दर्भ)तथाकथित "चीन मामिला विशेषज्ञ"_fororder_5(33).JPG

माथि उल्लेखित बेलायती ब्लगर कर्टको ठट्टाबाट उत्पन्न भएको कथित चीन मामिला विशेषज्ञहरूले सामूहिक रूपमा गल्ती गरेकोले चिनियाँ लगायत विश्वका विभिन्न मुलुकका नेटिजनले आलोचना गरेका छन्। यसै सिलसिलामा एउटा तथ्य कुरा देखाइएको छ कि ती कथित चीन मामिला विशेषज्ञले प्रतिनिधित्व गरेको पश्चिमी संचारमाध्यम तथा राजनीतिज्ञहरूले चीनको वास्तविक अवस्थाबारे केही न केही जानकारी पाएका छैनन् वा केही जानकारी पाए तापनि राम्रोसँग बुझेका छैनन्। उनीहरूले चीनको विकासमा हासिल गरेका उपलब्धिमा ख्याल विचार गर्दैनन् वा चिनियाँहरूको वास्तविक जीवन तथा सुखमा ध्यान दिँदैनन्। बरू उनीहरूले चीनको लागि अहितकर भनाइहरूको मात्र अपेक्षा गर्छन्। कथित विशेषज्ञको मास्क पछाडि घमण्ड, पूर्वाग्रह र उदासीनता लुकेको छ र उनीहरूले आफ्नै आर्थिक स्वार्थ, राजनीतिक स्वार्थ र राजनीतिक भविष्य खोज्न चीन विरोधी बयानबाजीको प्रयोग गर्ने गर्छन् जुन पश्चिमी संचारमाध्यम र राजनीतिज्ञहरूको चीनमाथि आक्रमण गर्ने मागसँग मेल खान्छ।

यस्ता "चीन मामिला विशेषज्ञहरू" धेरै छन् र यस्ता "चीन मामिला विशेषज्ञहरू"लाई पत्याउँदैनन् भन्ने कुरामा ध्यान दिन लायक छ!