अमेरिकी न्याय मन्त्रालयले जनवरी २० तारिख म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटका प्राध्यापक छन काङलाई लगाइएको आरोप रद्द गरेको छ। रोयटर्सको टिप्पणीअनुसार, यो अमेरिकाको तथाकथित “चिनियाँ कारवाही योजना”मा देखापरेको पछिल्लो विफलता हो।
सन् २०२१ जनवरीमा अमेरिकाले प्राध्यापक छन काङले सरकारको पैसा विनियोजनको निवेदन गर्दा चीनको एक विश्वविद्यालयसितको सहकार्य सम्बन्धबारे जानकारी नदिएको कुराको आरोप लगाएको थियो। म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटका निर्देशकले म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युट र चीनका विश्वविद्यालयबीचको सहकार्य र शुल्कको खर्च छन काङसित सम्बन्धित नरहेको तथा म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटसित सम्बन्धित रहेको कुरा बताए। म्यासाचुसेट्स प्रविधि इन्स्टिच्युटका शिक्षकशिक्षिकाहरूले खुला पत्रमा हस्ताक्षर गरी छान कानप्रति समर्थन व्यक्त गरेका छन्।
सन् २०१८मा अमेरिकाले तथाकथित “चिनियाँ कारवाही योजना” शुरु गरेको थियो। अमेरिकाले “वैज्ञानिक अनुसन्धान उपलब्धिको चोरी” अवरोध गर्ने, “आर्थिक जासूसी”को प्रतिरोध गर्ने नाउँमा अमेरिकाका ९४ वटा क्षेत्रीय न्याय विभागसँग हरेक वर्षमा कम्तीमा चीनमाथि लक्षित मुद्दा प्रस्तुत गर्न आग्रह गरेको थियो।
राजनीतिक हेरफेरले वास्तविकता ढाक्न सक्दैन। “चिनियाँ कारवाही योजना”सित सम्बन्धित आठ वटा मुद्दाको आरोप रद्द गरिएको छ। यसबाट “चिनियाँ कारवाही योजना” अमेरिकाको चीन विरोधी शक्तिले चीनको अवरोध गर्ने उपकरण भएको कुरा प्रतिविम्वित भएको छ।