राष्ट्र संघीय महाधिवेशनका अध्यक्ष पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा उपस्थित हुनुहुने
2022-01-23 17:05:30CRI
Share with:

७६औं राष्ट्र संघीय महाधिवेशनका अध्यक्ष अब्दुल्ला शाहिदले पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा उपस्थित  भएर ओलम्पिक ज्योतिको हस्तान्तरणमा भाग लिनुहुनेछ। अध्यक्ष शाहिदको कार्यालयका प्रवक्ताले २० तारिख  उक्त जानकारी दिएका हुन्। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीच्यानले २१ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले त्यसको स्वागत गरेको व्यक्त गर्नुभएको छ। अध्यक्ष शाहिदबाट प्रस्तुत ओलम्पिक युद्धविराम आह्वानलाई चीनले स्वागत गर्नुका साथै सुदृढताका साथ समर्थन गरेको छ।

केही दिनअघि शाहिदले सबै सदस्य देशहरूसँग ओलम्पिक युद्ध विराम निर्णयको कार्यान्वयन गरेर ठोस गतिविधिद्वारा निर्णयको भावना आधारित शान्ति तथा मलमिलाप सँस्कृतिलाई घच्घच्याउन र सबल पार्न आह्वान गर्नुभयो। साथै उहाँले वर्तमान विश्वभरि सशस्त्र भिडन्तमा रहेका सबै पक्षसँग ओलम्पिक युद्ध विराम अवधिमा साँचिकै युद्ध विराम गरेर मतभेदको सामना गर्न मौकाको सिर्जना गर्न आह्वान पनि गर्नुभयो।