चिनियाँ राष्ट्राध्यक्ष र इजरायलका राष्ट्रपतिबीच बधाई सन्देश आदानप्रदान
2022-01-24 11:12:51CRI
Share with:

यही जनवरी २४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इजरायलका राष्ट्रपति आइज्याक हर्जागले एक अर्कालाई चीन र इजरायलबीच दौत्य सम्बन्ध स्थापना भएको ३०औँ वार्षिकोत्सवको अवसरमा बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र इजरायलबीच दौत्य सम्बन्ध स्थापना भएयता जनताबीचको मित्रता दिन प्रतिदिन गहिरो बन्दै गएको छ। द्विपक्षीय सम्बन्ध ठूलो रूपमा विकसित भएको देखिन्छ। सन् २०१७ मा नयाँ चौतर्फी साझेदारी सम्बन्ध स्थापना भएदेखि यी दुई मुलुकले विभिन्न क्षेत्रको आदानप्रदान तथा सहयोगमा ठूलो उपलब्धि पाएका छन्। उक्त ३०औँ वार्षिकोत्सवलाई अवसरको रूपमा लिँदै चीन इजरायलको नयाँ चौतर्फि साझेदारी सम्बन्धको स्थिरता तथा विकासका लागि प्रयास गर्दै जाने अपेक्षा राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

राष्ट्रपति हर्जागले ३० वर्षयता यी दुई मुलुकले अर्थतन्त्र,कृषि,स्वास्थ्य,पर्यटन,संस्कृति आदि क्षेत्रमा प्रचुर उपलब्धि हासिल गरेको व्यक्त गर्नुभएको छ। आफ्नो पदावधिमा चीन र इजरायलबीचको सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने अपेक्षा पनि उहाँले गर्नुभएको छ।