अधिकांश अमेरिकी जनता महामारीलाई “सामान्यीकरण” बनाइने अमेरिका सरकारको कदमप्रति असन्तुष्टि #कोभिड१९
2022-01-24 16:41:36cri
Share with:

कतारको अल जजिरा टेलिभिजनले जनवरी २० तारिख प्रकाशित एउटा लेखमा जनाए अनुसार, नयाँ कोरोना महामारीले अमेरिकी जनताको मनमा मेटाउन नसकिने कालो छायाँ छोडेको छ। उनीहरूका नातेदारमध्ये धेरैजसो कोरोना महामारीका कारण मृत्यु भएकाले हाल महामारीलाई “सामान्यीकरण” बनाइने अमेरिका सरकारको कदमप्रति अधिकांश अमेरिकी जनताले असन्तुष्टि देखाएका छन्।

विशेषज्ञका अनुसार, अमेरिकी सरकारले सर्वसाधारणलाई स्वास्थ्य सम्बन्धी निर्देशनात्मक सुझावको प्रचार प्रसार र विश्वासको स्थापना गर्ने सन्दर्भमा गरेको प्रयास निकै अभाव रहेको देखिन्छ। साथै खोप विरोधी व्यक्तिमाझ निरन्तर रूपमा बढ्दै आएको संक्रमितको संख्याले पनि अमेरिकी चिकित्सा प्रणालीमाथि निकै ठूलो दबाव पनि ल्याएको छ।