फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा तैनाथ महिला सैनिकद्बारा स्थानिय तिब्बती सर्वसाधारणलाई मायाममता

(GMT+08:00) 2011-06-27 18:45:44

          चीनको तिब्बत स्वायत्त प्रदेशको शिकाचे क्षेत्रमा तैनाथ महिला सैनिकहरुको जीवन चीनको भित्री भागमा जीवनयापन गर्ने युवतीहरुको तुलनामा निकै कठिन छ। तिनीहरुले समुद्र सतहदेखि झण्डै 3900 मिटर अग्लो ठाउँमा स्थानीय तिब्बती सर्वसाधारणसित प्रगाढ मित्रता गाँसेका छन।

          फुर्सदको बेलामा ती महिला सैनिकहरुले सधैं नै स्थानीय तिब्बती सर्वसाधारणको घरमा पुगेर तिनीहरुलाई विज्ञान तथा प्रविधिबारे सिकाउने, साँस्कृतिक कार्यक्रम देखाउने, कुराकानी गर्ने, गरिब परिवारका लागि चन्दा सङ्कलन गर्ने, वरिपरीका विद्यालयमा पढ्ने बालबालिकालाई राष्ट्रिय प्रतिरक्षा सम्बन्धि शिक्षा दिने र खेतीपाती तथा पशुपालन आदि कार्यमा सहयोग गर्ने गरेका छन।

          ती महिला सैनिकहरुको प्रयासमा त्यहाँ सैनिक र सर्वसाधारणबीचको सम्बन्ध प्रगाढ हुँदै आएको छ। यसबाट शिकाचेको सामाजिक स्थीरता तथा आर्थिक विकासका लागि ठूलो योगदान पुर्‍याइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह