फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा तैनाथ सीमा प्रतिरक्षा सैनिक र स्थानीय तिब्बती सर्वसाधारणबीचको मित्रता घनिष्ठ हुँदै

(GMT+08:00) 2011-06-28 18:52:42

         नेपालसित जोडिएको चीनको तिब्बतको सीमा क्षेत्रमा तैनाथ प्रतिरक्षा सैनिकहरुले स्थानीय तिब्बती सर्वसाधारणसित निकै घनिष्ठ सम्बन्ध स्थापना गरेका छन्।

         समुद्र सतहदेखि 5,300 मिटरभन्दा अग्लो ठाउँमा पर्ने छाई को ला चौकीमा केही तिब्बती सर्वसाधारणले सैनिकहरुलाई शिबिर निर्माणका लागि ठूलो सहयोग गरेका छन्। उता ती सैनिकहरुले तिब्बती सर्वसाधारणलाई सागसब्जी रोप्ने प्रविधिबारे ज्ञान दिनुका साथै तिनीहरुलाई अन्य शिक्षा पनि दिने गरेका छन्।

         समुद्र सतहदेखि 4,700 मिटरभन्दा अग्लो स्थानमा पर्ने चान न्याङ श सैनिक चौकी हिमालमा नै पर्दछ। त्यहाँ हरेक वर्षको अक्टोबरदेखि अर्को वर्षको मैसम्म हिउँले पूरै ढाकिन्छ। यस्तो अवस्थामा त्यहाँ तैनाथ सैनिकहरुको जीवनयापन निकै कठिन हुन्छ। तीन जना तिब्बती वृद्धाहरुले गत तीस वर्षदेखि यता त्यहाँ तैनाथ सैनिकहरुलाई ताजा सागसब्जी पुर्‍याएका छन्। ती सैनिकहरुले तीनजना वृद्धालाई आमा मानेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह