फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवलाई मनाउने सम्बन्धीत कार्यक्रममा भाग लिनका लागि चीन सरकारको केन्द्रीय प्रतिनिधि मण्डलद्बारा ल्हासामा पुगेको

(GMT+08:00) 2011-07-17 14:18:14

 

              चिनियां कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनैतिक व्यूरोका स्थायी सदस्य,चीनका उप-राष्ट्राध्यक्ष,चीनको केन्द्रीय सैनिक समितिका उपाध्यक्ष सि जिन भिङ्गद्बारा नेतृत्व गरिएको चीन सरकारी केन्द्रीय प्रतिनिधि-मण्डलले आज सत्र तारिख दिउँसो ल्हासामा पुगी तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी‌औं वार्षिकोत्सवलाई मनाउन आयोजित हुन लागेका कार्यक्रमहरुमा भाग लिने छ। तिब्बत स्वायत्त प्रदेशका विभिन्न जातीका सर्वसाधारणहरुले विमान स्थलमा यस प्रनितिधि मण्डलको हार्दिक स्वागत गरेका छन।

              तिब्बत स्वायत्त प्रदेश सरकारले हाल जनाएअनुसार चीन सरकारको केन्द्रीय प्रतिनिधि मण्डलले तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवलाई मनाउन आयोजित हुन लागेका स्वागत समारोह ,सर्वसाधारणको जुलुस प्रदर्शन र साँस्कृतिक कार्यक्रम आदि कार्यक्रमहरुमामा भाग लिने छ। साथै यस प्रतिनिधि मण्डलले तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी वर्षदेखि यता प्राप्ती उपलब्धिहरुको प्रदर्शनी निरीक्षण गर्नुका साथै तिब्बती धार्मिक क्षेत्रमा देशभक्ति व्यक्तिहरु र विभिन्न जातिका सर्वसाधारण प्रतिनिधिहरुलाई हार्दिक क्षेमकुशली सोध्नी गर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह