फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको आउने साठी वर्षको भविष्य अझ राम्रो हुने :संयुक्त राष्ट्र संघका लागि रुसका स्थायी प्रतिनिधिव्दारा

(GMT+08:00) 2011-07-17 17:32:41

              संयुक्त राष्ट्र संघका लागि रुसका स्थायी प्रतिनिधि विटाली छुखिनले हाल तिब्बत स्वायत्त प्रदेशको भ्रमण रहनुहुंदा बोल्दै उहाँले एउटा वास्वविक तिब्बत देख्न पाएको र आउने अर्को साठी वर्षमा तिब्बत अझ राम्ररी विकसित हुने छ भनेर विश्वास व्यक्त गर्नुभएको छ।

              यस जुलाइको 13देखि 16तारिखसम्म श्री विटाली छुखिनले तिब्बतमा पोताला दरबार,चोम्लाखाङ्ग गुम्बा,बागो सडक आदी स्थलहरुको निरीक्षण गर्नुका साथै तिब्बती धार्मिक सला गुम्बामा भिक्षुहरुबाट अन्वेषण गरी पढ्ने सिक्ने सिद्धान्तहरुका विषयबारे छलफल गरिरहेका तत्स्थानको अवलोकन गर्नुभएको थियो। तिब्बत स्वायत्त प्रदेश सरकारका स्थायी उप-अध्यक्ष लो साङ्ग च्याङ्ग छुनले 14 तारिख मध्यान्ह ल्हासामा श्री विटाली छुखिन र उहाँका साथीहरुसँग भेटघाट गर्नुभएको थियो।

             त्यस अवसरमा श्री विटाली छुखिनले बोल्दै स्वयम आफैले तिब्बतको यस प्रत्यक्ष भ्रमणबाट पहिलेका आफ्नो दृष्टिकोणलाई परिवर्तन गरिसकेको छ। उहाँले यसरी भन्नुभयो:सय पटक सुन्नुभन्दा एक पटक हेर्नु राम्रो छ। मैले एक वास्तविक तिब्बत र जल्दोबढ्दो विकसित भइरहेको आधुनिकिरण शहर ल्हासा देख्न पाएको छु। आउने अर्को साठी वर्षमा तिब्बत अझै राम्ररी विकसित हुन जानेछ भन्ने विश्वास मैले गरेको छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह