फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बतका विभिन्न स्थानद्बारा शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवलाई मनाउन विविध रमाइलो कार्यक्रमको आयोजना

(GMT+08:00) 2011-07-17 19:51:48

 

             चीनको तिब्बत स्वायत्त प्रदेश शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सव नजीकिंदै आएको उपलक्ष्यमा तिब्बतका विभिन्न स्थानले हाल विविध रमाइलो कार्यक्रमहरुको आयोजना गरेका छन।

            ल्हासामा विभिन्न सडक र राजमार्गका दुइ छेउमा रङ्गीचङ्गी झण्डा झण्डिरहेका छन। धेरैजसो घर र पसलका छाना र झ्यालमा राष्ट्रिय झण्डा अर्थात पाँच तारे रातो झण्डा झण्डाइएका छन।

           तिब्बतको पूर्वी भागमा पर्ने छाङ्ग तु र लिन जि क्षेत्रमा स्थानीय पदाधिकारी र सर्वसाधारणहरुले फोटा प्रदर्शनी र संगीत प्रतियोगिता आदी तरिकामार्फत तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी वर्षदेखि देखापरेको गहिरो परिवर्तनको गुणगान गरेका र त्यसको अभिव्यक्त गरेका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह