फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री सि चिन भिङद्बारा तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवबारेको उपलब्धिसम्बन्धी प्रदर्शनीको उद्घाटन

(GMT+08:00) 2011-07-18 14:13:22

             आज जुलाई अठार तारिखका दिन तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवबारेको उपलब्धिसम्बन्धी प्रदर्शनी ल्हासामा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनका उप राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैनिक समितिका उपाध्यक्ष एवम् चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका प्रमुख सि चिन भिङले उक्त प्रदर्शनीको उद्घाटन गर्नुभएको छ।

            आज विहान नौ बजेर पचपन्न मिनेट जाँदा, श्री सि चिन भिङ चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका छ जना उप प्रमुख र अरु सदस्यहरुको नेतृत्व गरी तिब्बतको संग्रहालय‌ जानुभएको थियो।

            तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पाइ मा छि लिनले उक्त प्रदर्शनीको उद्घाटन समारोहको अध्यक्षता गर्नुभएको थियो। चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बत स्वायत्त प्रदेश समितिका अध्यक्ष छ्याङपापिङचोले उक्त प्रदर्शनीको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको थियो। त्यसपछि श्री सि चिन भिङ, चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका छ जना उप प्रमुख र अरु सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गर्नुभयो।

              चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभाग समितिका महासचिव सो लाङ तो चिले उक्त उपलब्धिसम्बन्धी प्रदर्शनी विगत साठी वर्षमा तिब्बतको विभिन्न जातिका जनताले राष्ट्रिय जनताको सहायतामा हासिल गरेको विभिन्न उपलब्धिको सिँहावलोकन भएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह