फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति र दलाइ लामाबीचको भेटलाई अमेरिकामा बस्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीहरुद्वारा निन्दा

(GMT+08:00) 2011-07-18 16:27:09

             अमेरिकामा बस्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीहरुले यस 16 तारिख भएको अमेरिकी राष्ट्रपति र दलाइ लामाबीचको भेटको कडा निन्दा गर्दै अमेरिकाको उक्त कदमबाट चीन र अमेरिकाबीचको सम्बन्ध ध्वस्त हुनुका साथै चिनियाँ जनताहरु र विदेशमा रहेका चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीहरुको भावनालाई आघात पुर्‍याएको ठहर लिएका छन।

            वाशिङ्गटनको चीन शान्तिपूर्ण एकिकरण प्रवर्द्धन समितिका स्थायी उप-प्रमुख ह स्याउ व्हीले अमेरिकामा बस्ने चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीहरुले दृढताका साथ आफ्नो मुलुकको एकिकरणको संरक्षण गर्ने अडान लिइ कुनै पनि गतिविधिको विरोध गर्ने बताउनुभएको छ। उहाँका अनुसार तिब्बत समस्या चीनको अन्तरिक मामिला हो र कुनै पनि मुलुक वा व्यक्तिले यस विषयमा हस्तक्षेप गर्नुपर्दैन।

            अमेरिकाको एशिया-अमेरिका संयुक्त कोष संघका अध्यक्ष चाङ्ग लि लिले केही वर्षयता चीन र अमेरिकाबीचको सम्बन्ध अर्थतन्त्र,संस्कृति,शिक्षा आदी विविध पक्षमा निकै सक्रिय प्रगति हासिल गरेको देखिन्छ भन्दै यस्तो पृष्ठिभूमिमा ओबामा र दलाइबीचको भेटबाट चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रने बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह