फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवबारेको उपलब्धिसम्बन्धी प्रदर्शनीको उद्घाटन

(GMT+08:00) 2011-07-18 20:29:48

 

              आज जुलाई अठार तारिखका दिन तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवबारेको उपलब्धिसम्बन्धी प्रदर्शनी ल्हासामा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनका उप राष्ट्राध्यक्ष, चीनको केन्द्रीय सैनिक समितिका उपाध्यक्ष एवम् चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका प्रमुख सि चिन भिङले उक्त प्रदर्शनीको उद्घाटन गर्नुभएको छ। ल्हासाको विभिन्न सामाजिक क्षेत्रले यस पटकको प्रदर्शनीलाई ठूलो ध्यानाकर्षण दिंदै त्यसले तिब्बत शान्तिपूर्ण मुक्ति भएको साट्ठी वर्षदेखि प्राप्त भएका विशाल उपलव्धी तथा परिवर्तन चौतर्फी रुपमा प्रतिबिम्बित गरेको ठहर गरेको छ।

              आज विहान नौ बजेर पचपन्न मिनेट जाँदा, श्री सि चिन भिङ चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका छ जना उप प्रमुख र अरु सदस्यहरुको नेतृत्व गरी तिब्बतको संग्रहालय‌ जानुभएको थियो।

              तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष पाइ मा छि लिनले उक्त प्रदर्शनीको उद्घाटन समारोहको अध्यक्षता गर्नुभएको थियो। चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बत स्वायत्त प्रदेश समितिका अध्यक्ष छ्याङपापिङचोले उक्त प्रदर्शनीको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको थियो। त्यसपछि श्री सि चिन भिङ, चीनको केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका छ जना उप प्रमुख र अरु सदस्यहरुले उक्त प्रदर्शनीको अवलोकन गर्नुभयो।

              चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त प्रदेशको वाणिज्य विभाग समितिका महासचिव सो लाङ तो चिले उक्त उपलब्धिसम्बन्धी प्रदर्शनी विगत साठी वर्षमा तिब्बतको विभिन्न जातिका जनताले राष्ट्रिय जनताको सहायतामा हासिल गरेको विभिन्न उपलब्धिको सिँहावलोकन भएको बताउनुभयो।

              यस प्रदर्शनीको अवलोकन गर्न आएकी सेचुले यस प्रदर्शनीले तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साट्ठी वर्षदेखि आएको ठूलो परिवर्तन देखाएको कारण आफूलाई निकै खुसी लागेको कुरा वताइन। उनी भन्छिन,

              यस प्रदर्शनीको अवलोकन गरेपछि मलाई धेरै खुसी लागेको छ। किनभने तिब्बतमा फड्कोमार्ने गरी परिवर्तन भएको छ। यताका केही वर्षदेखि चीन सरकार तथा चिनियाँ जनताले हामीलाई धेरै सहायता पुर्‍याएको छ।

             तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठीऔं वार्षिकोत्सवबारेको उपलब्धिसम्बन्धी प्रदर्शनीमा धेरै दर्शकहरुले वितेका साट्ठी वर्षदेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतका विभिन्न क्षेत्रमा प्राप्त प्रशस्त उपलव्धीको अनुभव गरेका छन्। हाम्रा सम्वाददातासँग कुराकानी गर्दै बृद्धा तिङ चङ गदगद भएर भन्छन्,

              चालू वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको नब्बेऔं वार्षिकोत्सव हुनुका साथै तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साट्ठीऔं वार्षिकोत्सव हो। यी धेरै खुसी लाग्दो कुरा हो। चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतको भविश्य अरु उज्ज्वल हुनसक्ने आशा मैले गरेको छु।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह