फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

श्री सि चि फिङद्वारा तिब्बतमा तैनाथ सेनाका अफिसर,सशस्त्र प्रहरीका पदाधिकारी र जवान तथा राजनीतिक र कानूनी प्रहरीका प्रतिनिधिहरुलाई सान्त्वना

(GMT+08:00) 2011-07-20 16:20:10

               चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिङको नेतृत्वमा रहेको प्रतिनिधि मण्डलले हिजो दिउँसो चिनियाँ जन मुक्ति सेना अन्तर्गत ल्हासामा तैनाथ सेनाको कर्णेल स्तरभन्दा माथिका सैनिक पदाधिकारी,तिब्बतको सशस्त्र प्रहरीको अखिल दल, ल्हासा सेनाको कर्णेल स्तरभन्दा माथिका सैनिक पदाधिकारी तथा तिब्बत स्वायत्त प्रदेश एवंम ल्हासा शहरको राजनीतिक र कानूनी क्षेत्रका शाखा प्रमुख स्तरभन्दा माथिका प्रहरीलाई सान्त्वना दिएको छ।

              यस बाहेक श्री सि चिन फिङले तिब्बती सैनिक क्षेत्र र तिब्बती सशस्त्र प्रहरीको अखिल दललाई चीनका राष्ट्राध्यक्ष हु चिन थाउ स्वयम आफैंले लेख्नुभएको "तिब्बतको शान्तिपूर्ण मुक्ति भएको 60औं वार्षिकोत्सबको उपलक्ष्यमा बधाइ"नामक व्यानर दिनुका साथै तिब्बतमा तैनाथ सेनाका अफिसर,सशस्त्र प्रहरीका पदाधिकारी र जवान तथा राजनीतिक र कानूनी प्रहरीका प्रतिनिधिहरुसंग सामूहिक फोटो खिच्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह