फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप राष्ट्राध्यक्षद्बारा तिब्बतको धार्मिक क्षेत्रका देशभक्त व्यक्तिसँग भलाकुसारी

(GMT+08:00) 2011-07-20 19:45:24

 

               चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय राजनैतिक व्यूरोका स्थायी सदस्य、चीनका उप राष्ट्राध्यक्ष、चीनको केन्द्रीय सैनिक समितिका उप अध्यक्ष एवम केन्द्रीय सरकारको प्रतिनिधि मण्डलका प्रमुख सि चिन भिङ्गले आज बीस तारिख ल्हासामा पर्ने जोखाङ्ग गुम्बामा पुगी त्यहाँका धार्मिक क्षेत्रका देशभक्ति व्यक्तिसँग भलाकुसारी गर्नुभएको छ।

                यस अवधिमा श्री सि चिन भिङ्गले तिब्बत शान्तिपूर्ण मुक्ति भएको साठी वर्षयता ठूलो परिवर्तन हुनुका साथै तिब्बती जनताको जीवनमा विशाल सुधार पाइएको देखिन्छ भनी बताउनुभएको छ। उहाँका अनुसार दीर्घकालीन समययता धार्मिक क्षेत्रका समस्त देशभक्त व्यक्तिले सक्रिय भूमिका सिर्जना गर्दै तिब्बतको स्थिरता,राष्ट्रको एकिकरण र जातिहरुबीचको मित्रताको संरक्षण गर्नका लागि योगदान गर्दै आएको छ। तिब्बत तिब्र गतिमा विकसित हुनु र दीर्घकालीन शान्ति नै तिब्बतका विभिन्न जातिका सर्वसाधारणको साझा इच्छा हो तथा धार्मिक क्षेत्र लगायत विभिन्न तिब्बती जातिय जनताको साझा जिम्मेवारी हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह