फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप राष्ट्राध्यक्षद्बारा लिन च क्षेत्रका विभिन्न जातिका नर-नारीहरूसँग भलाकुसारी

(GMT+08:00) 2011-07-22 16:05:18

 

               चीनका उप राष्ट्राध्यक्ष सि चिन फिङ्ग हिजो केन्द्रीय समितिको प्रतिनिधि मण्डलका केही सदस्यसँगै लिन च क्षेत्र पुगी त्यहाँ विभिन्न जातिका पदाधिकारी र स्थानियवासीहरूसँग भलाकुसारी गर्नुभएको छ। उहाँले विभिन्न जातिका पदाधिकारी र स्थानियहरू, लिन चमा तैनाथ मुक्ति सेनाका निर्देशक र सिपाहींहरू, सशस्त्र प्रहरी फौजका अधिकृत तथा सिपाहींहरू र राजनैतिक तथा कानूनी संस्थामा कार्यरत् व्यक्तिहरूलाई हार्दिक अभिवादन पनि गर्नुभयो।

             श्री सिले तिब्बतको शान्तिपूर्ण मुक्ति भएको साठी वर्षयता लिन च क्षेत्रमा देखिएको बदलिंदो परिवर्तनको विस्तृत रुपमा मूल्याङ्कन गर्नुभयो।

             साथै श्री सि चिन फिङ्गले केन्द्रीय समितिको पाँचौं तिब्बत कार्यकारी गोष्ठी आयोजित गरिएको तथा देशको "बाह्रौं पन्च वर्षिय"योजना लागू भएको कुराले लिन च लगायत तिब्बतका विभिन्न क्षेत्रहरू अझ विकसित हुँदैजानका लागि अभूतपूर्व अवसर उपलब्ध गराएको पनि औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह