फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको घाँसेमैदानको पर्यावरणिय संरक्षणमा चीनद्बारा हरेक वर्ष दुइ अरब युआन छुट्याइने

(GMT+08:00) 2011-08-14 13:55:25

             सन् 2011-2015सम्मको अवधिमा चीनको केन्द्रिय सरकारले प्रतिवर्ष तिब्बतमा घाँसेमैदानको पर्यावरणिय संरक्षणको लागि दुइ अरब चिनियाँ युआन छुट्याउने छ जुन घाँसेमैदानमा पशु चराउन निषेध गर्नुका साथै चराउने क्षेत्रमा घाँस तथा पशुको गुणस्तरको सुधार लगायतका कामको लागि आर्थिक सहायता दिइने छ। उक्त कुरा हालै तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन विभागले जानकारी गराएको हो।

            हालसम्म तिब्बतमा प्राकृतिक घाँसेमैदानको कूल क्षेत्रफल आठ करोड हेक्टर छ र तिब्बतको कूल क्षेत्रफलको छयासी प्रतिशत ओग्टेको छ। यो चीनमा प्राकृतिक घाँसेमैदानको कूल क्षेत्रफलको बीस प्रतिशत पुगेको छ। यसका साथै तिब्बत चीनका पाँच वटा पशुपालन क्षेत्रमध्येको एक हो। अति ठूलो संख्यामा पशुलाई चराउँदै आएको तथा लगाइने रकम अपुग भएको कारणले पर्यावरणिय अवस्था नराम्रो हुँदै जाने तथा उत्पादित क्षमता पनि घट्दै जाने चुनौती तिब्बतको घाँसेमैदान सामु देखा परेको छ।

           तिब्बत स्वायत्त प्रदेशको कृषि तथा पशुपालन विभागका उप प्रमुख चु छुन शनले जानकारी दिए अनुसार, उक्त आर्थिक सहायताबाट तिब्बतमा बसोबास गर्ने दुइ लाख जना किसान तथा पशुपालक लाभाविन्त हुने छ र औसतमा हरेक व्यक्तिको आम्दानी प्रतिवर्ष दुइ हजार युआन बढ्ने अनुमान गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह