फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतका सबै जिल्लामा साँस्कृतिक सूचना स्रोत संयुक्त उपभोग केन्द्र स्थापना

(GMT+08:00) 2011-08-24 17:56:57

           चीनको तिब्बत स्वायत्त प्रदेशअन्तर्गत साँस्कृतिक विभागका अनुसार, तिब्बत साँस्कृतिक सूचना स्रोत साझा उपभोग परियोजनाले प्रदेशभरिका 73 जिल्लामा शाखा केन्द्र स्थापना गरेर हरेक जिल्लामा साँस्कृतिक सूचना स्रोत साझा उपभोग केन्द्र बनाउने उद्देश्यलाई हालै साकार तुल्याएको छ।

           सर्वसाधारणलाई डिजिटलयुक्त साँस्कृतिक सूचना सेवा उपलब्ध गराउनका लागि सन् 2003 देखि तिब्बतले साँस्कृतिक सूचना स्रोत साझा उपभोग परियोजना सुरु गरेर नेटवर्कमार्फत श्रेष्ठ साँस्कृतिक, वैज्ञानिक र प्राविधिक सूचना प्रचार-प्रसार गरेको छ। सन् 2010 मा तिब्बतले 29 जिल्लामा शाखा केन्द्र स्थापना कार्यक्रम सुरु गरेको थियो । यसका साथै 752 प्रशासनिक गाउँको केन्द्रको निर्माणकार्य आधारभूत रुपमा पूरा भएको छ। जसबाट जिल्लास्तरीय पुस्तकालयलाई डिजिटल रुप दिने प्रचार-प्रसार कार्य सकारात्मक रुपमा पूरा भएको छ। हालसम्म तिब्बतका सारा क्षेत्रमा स्वायत्त प्रदेशको एउटा शाखा केन्द्र तथा 73 वटा जिल्ला शाखा केन्द्र स्थापना भइसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह