फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 तेस्रो चीनको तिब्बतको विकास मञ्च एथेन्समा सुरु

(GMT+08:00) 2011-11-11 10:01:10

 

           चीनको तिब्बतको तेस्रो विकास मञ्च हिजो ग्रीसको एथेन्समा सुरु भएको छ।उक्त मञ्चमा भाग लिनुभएका व्यक्तिहरुले चीनको तिब्बत स्वायत्त प्रदेशको अर्थतन्त्र र सामाजिक विकास,साँस्कृतिक हस्तान्तरण,वातावरण संरक्षण,शिक्षा,पर्यटन व्यवसायको विकास तथा तिब्बतमा गरिने लगानी आदि विषयबारे छलफल गर्नुभएको छ।

            ग्रिस र चीनलगायतका अरु मुलुकहरुका पदाधिकारी,विशेषज्ञ,व्यवसायका प्रतिनिधि तथा सञ्चार माध्यमका व्यक्ति गरी उक्त मञ्चमा जम्मा 2 सय जनाभन्दा बढीको सहभागिता थियो। चीनको राज्य परिषद्‌अन्तर्गत प्रेस कार्यालयका प्रमुख वाङ छनले यस मञ्चको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै हालको तिब्बत इतिहासमा सबभन्दा राम्रो अवधिमा रहेको भन्दै यस मञ्चबाट तिब्बतको विकास र वैदेशिक सहयोगलाई अघि बढाइने र तिब्बती जनतालगायतका अरु चिनियाँ जनतालाई हित-कल्याण पुर्‍याइने विश्वास उहाँले लिनुभयो।

           ग्रीस-चीनका औद्योगिक संघका अध्यक्ष यानिदिसले उक्त मञ्चमा बोल्दै सफल रुपमा यो मञ्च आयोजना हुनु अर्थपूर्ण रहेको र यसबाट तिब्बतप्रति ग्रीसका विभिन्न क्षेत्रको जानकारीलाई बढाउनका लागि र यी दुई मुलुकबीचको मितेरी सवल पार्नका लागि पनि हितकर भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह