फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बत तेस्रो विकास मञ्च ग्रीसमा सम्पन्न

(GMT+08:00) 2011-11-12 10:06:38

            चीनको राज्य परिषद प्रेस कार्यालय, ग्रीसस्थित चिनियाँ राजदूताबास तथा ग्रीस-चीन वाणिज्य संघको संयुक्त संयोजनमा चीनको तिब्बत तेस्रो विकास मञ्चले हिजो एथेन्समा 'यथेन्स विज्ञप्ति' प्रकाशित गरेको छ। विज्ञप्ति सार्वजनिक भएपछि उक्त मञ्च सफलताका साथ सम्पन्न भएको छ।

           प्रकाशित एथेन्स विज्ञप्तिमा मञ्चका सहभागीहरुले तिब्बतको आधुनिकीकरण तथा विकास प्रवर्द्धन गर्ने तथा तिब्बतको परम्परागत संस्कृतिको संरक्षण गर्ने क्षेत्रमा चीनको केन्द्रीय सरकार तथा स्थानीय सरकारले दिएको नीतिगत समर्थन तथा सामग्री सहयोगको सराहना गरेका जनाइएको छ। भविष्यमा तिब्बतको विकासप्रति विश्वस्त भएको देखिन्छ।

           दुइ दिनसम्म चलेको उक्त मञ्चमा ग्रीस, चीन, भारत, नेपाल, बेलायत, फ्रान्स, जर्मनीका सरकारी पदाधिकारी, विशेषज्ञ, विद्बान, व्यवसायका प्रतिनिधिहरु तथा स‌चारमाध्यमका कार्यकर्ताले तिब्बत स्वायत्त प्रदेशको आर्थिक तथा सामाजिक विकास, संस्कृतिको हस्तान्तरण, वातावरणिय संरक्षण, विज्ञान तथा प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन उद्योगको विकास एवम् ग्रीस तथा अन्य मुलुकले तिब्बतमा लगानी लगाउने मौकाबारे गहन रुपमा छलफल गरेका छन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह