फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 चीनले तिब्बती जातिका सर्वसाधारणको धार्मिक स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने: वा च्या पाउ

(GMT+08:00) 2012-02-15 16:13:00

         चीनका प्रधानमन्त्री वन च्या पाउले हिजो चौध तारिख पेइचिङमा बोल्दै तिब्बत स्वायत प्रदेशमा जातीय क्षेत्रीय स्वशासन नीति चलिरहेको र तिब्बतको पर्यावरण र परम्परागत सँस्कृतिको संरक्षण गर्नुका साथै तिब्बती जातिका सर्वसाधारणको धार्मिक स्वतन्त्रताको सम्मान र संरक्षण गर्ने कुरा व्यक्त गर्नुभयो।

         उहाँले कुनै व्यक्तिले गम्भीर कारवाइ गर्न केही धर्मावलम्बीलाई फकाएर तिब्बतको स्थिरतामा क्षति पार्न खोजेको विषय तिब्बत क्षेत्रको विकास तथा तिब्बती जनताको हितको लागि फाइदा नहुने र जनताको मन जित्न नसक्ने कुरा उल्लेख गर्नुभयो।

          14औँ चीन-युरोप नेताबीचको भेटपछि युरोपियन काउन्सिलका अध्यक्ष हेर्नान भान रोम्पुइ, युरोपियन कमिसनका अध्यक्ष मानुएल दुराओ बारोसोसँगै पत्रकारसँग कुराकानी गर्दै श्री वन च्या पाउले उक्त कुरा व्यक्त गर्नुभएको हो।

           साथै श्री वनले भन्नुभयो: तिब्बत चीनको अविच्छिन्न भूभाग हो। तिब्बती जनता चीनको राष्ट्रिय परिवारमध्येका सदस्य हुन्। चीन सरकारले लामो समययता तिब्बतको आर्थिक तथा सामाजिक विकासमा ध्यान दिइरहेको छ। साथै तिब्बतलाई झन् झन् बढी समर्थन दिई कृषक तथा पशुपालकको जीवनलाई मुख्य लक्ष्यमा राखेको तिब्बती आर्थिक योजना पनि चीन सरकारले तय गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह