फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको तिब्बती शास्त्रका विद्वान तथा नेपालका विशेषज्ञ र पत्रकार बीच आदान प्रदान

(GMT+08:00) 2012-02-20 11:55:49

         केही दिन अघि नेपालका लागि चिनियाँ राजदूत याँग हौ लानले चीनको तिब्बती शास्त्रका विद्वान तथा नेपालका विशेषज्ञ र सञ्चार क्षेत्रका व्यक्तिहरु बीचको आदान प्रदान कार्यक्रमको अध्यक्षता गर्नुभएको छ। नेपालमा अवस्थित चीन सम्बन्धी अध्ययन केन्द्र र राष्ट्रिय टेलिभिजन केन्द्र आदि संस्थाका बीस भन्दा बढी सञ्चारमाध्यमका चालिस भन्दा बढी विशेषज्ञहरु र पत्रकारहरुले उक्त कार्यक्रममा भाग लिएका छन्।

         सो अवसरमा चीनको तिब्बती शास्त्रको अध्ययन गर्ने अनुसन्धान केन्द्र अन्तर्गत अनुसन्धानपरिषदका प्रमुख एवंम् प्राध्यापक रनचनलोसेले तिब्बतको विकासबारे जानकारी दिनुभएको थियो। उहाँले नेपालका सम्बन्धीत विद्वानहरु र मुख्य सञ्चारमाध्यमका पत्रकारहरुसँग आदान प्रदान गर्दै प्रश्नको जवाफ दिनुभएको थियो। सहभागि व्यक्तिहरुले श्री रनचनलोसेद्वारा दिइएको जवाफ तथ्यको आधारमा आफ्नो अनुभव मिलाइएर धेरै राम्रो भएको कुरा व्यक्त गर्नुभएको छ। यस पटकको आदान प्रदान चीनको तिब्बत स्वायत्त प्रदेश र तिब्बत स्वायत्त प्रदेशको विकासको सम्बन्ध बारे जानकारी प्राप्त गर्नु एक अवसर भएको पनि उहाँहरुले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह