फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गमा तिब्बती देशबन्धुद्बारा तिब्बती पात्रोको पानी ड्रागन वर्षको स्वागत

(GMT+08:00) 2012-02-21 19:20:36

           बाईस तारिख तिब्बती पात्रोअनुसार पानी ड्रागन वर्षको पहिलो दिन हो। नव वर्ष आउनलागेको अवसरमा पैचिङ्गमा काम गर्ने तथा बसोबास गरिरहेका तिब्बती देशबन्धुले ऐनमा निर्धारित बिदाको उपभोग गर्दै नव वर्षको स्वागत गर्न तयारी गरिसकेको छ।

           श्री तेनजिन चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका एक जना विद्धान हुनुहुन्छ। उहाँले पैचिङ्गमा काम तथा बसोबास गरेको 26 वर्ष बितिसक्यो। हाम्रा सम्बाददातासित कुराकानी गर्दै उहाँले यसरी भन्नुभयोः

           पैचिङ्गमा बसेका तिब्बती देशबन्धुले आधारभूतरुपमा तिब्बती क्षेत्रको परम्पराबमोजिम् बिताउँछ। चाडको वातावरण एकदमै राम्रो छ र हामीले नियमित बिदाको उपभोग गर्नसक्छौं। तिब्बती जाति मात्र नभई हाम्रो इकाइका अरु जाती, जस्तै युगुर जाति, मंगोलियाली जाति तथा ना सी जातिले सँगसँगै चाड-पर्व बिताएउने हाम्रो इकाइको विशेषता हो। हामीले कसैको घर गएर पनि तिब्बती पात्रोको नव वर्षको पहिलो दिन थाहा पाउनसक्छौं। किनकि त्यो घरले हाम्रो लागि खुशिका साथ ढोका खोलेर नव वर्षको शुभकामना व्यक्त गर्ने छ।

           तिब्बती पात्रोको नव वर्ष तिब्बती देशबन्धुका सबभन्दा ठूलो एवम् महत्वपूर्ण चाड-पर्व हो। परम्पराअनुसार, तिब्बती पात्रोको नव वर्ष तिब्बती पात्रोको डिसेम्बर उनन्तीसदेखि सुरु हुन्छ। त्यसदेखि राति हरेक परिवारका सदस्य भेला भएर खु तु नामक एक किसिमको मिठाइ खान्छौं । यसबाट पूरानो समयलाई विदा गर्नुका साथै नयाँ समयको स्वागत गरिन्छ। साथै शान्ति, स्वास्थ्य र खुशियालीको कामना गर्छौं।

           ल्हासाबाट आएकी सोह्र वर्षिय तिब्बती केटी केलजाङ्ग द्रोल्कार तिब्बत माध्यमिक विद्यालयकी विद्यार्थी हुन्। यस वर्ष उनी पहिलो पटक पैचिङ्गमा तिब्बती पात्रोको नव वर्ष मनाउनेछिन्। केलजाङ्ग द्रोल्कारले भनिएअनुसार, नव वर्षको अवधिमा विद्यालयले तिनीहरूका लागि भोज तथा नाचगान प्रतियोगिता आदि विविध कार्यक्रम तयार गरेको छ। यसबाहेक सहपाठी तथा शिक्षक-शिक्षिकासित खु तु खाद्य पदार्थ खानसकिन्छ। उनी आफ्नो जन्मथलोलाई सम्झना गरेतापनि यस्तो तयारी कार्यक्रमले उनलाई आफ्नो घरमा बसेको जस्तो न्यानो अनुभव गराएको छ।

           नव वर्षको अवधिमा विद्यालयले हाम्रा लागि धेरै कार्यक्रम तयार गरेको छ। यसले हामीलाई नव वर्षको अवधिमा भरिपूर्ण तथा खुशि लाग्नुका साथै हामी हाम्रो घरमा बसेको भाव दिएको छ।

           तिब्बती पात्रोको नव वर्ष आउनलागेको अवसरमा पैचिङ्गमा काम गरेका, बसोबास गरेका तथा ज्ञान आर्जन गरिरहेका विभिन्न तिब्बती देशबन्धु तथा सम्बन्धित व्यक्तिले बीस तारिखका दिन पैचिङ्गमा चियापानको आयोजना गरेको छ। चियापानमा सबै जनाले तिब्बती जातिय परम्परागत विशेषताबमोजिम् एकले अर्कालाई खादा दिँदै आपसी शुभकामना व्यक्त गरेका छन्।

            तिब्बत स्वायत्त प्रदेशका स्थायी उपाध्यक्ष ऊ यिङ्ग च्येले तिब्बत स्वायत्त प्रदेशको सरकारको तर्फबाट सारा तिब्बती देशबन्धुलाई शुभकामना दिनुभएको छ। उहाँले बितेको एक वर्षदेखि यत्ता तिब्बतका विभिन्न कार्यको द्रुत विकास हुनुका साथै सामाजिक प्रत्याभूति स्तर धेरै उकासेको कुरा व्यक्त गर्नुभयो।

            बितेका एक वर्षदेखि यत्ता तिब्बती आर्थिक सामाजिक विकास द्रुत गतिले भएको छ। तिब्बतको कूल उत्पादन मात्रा साठी अर्ब पचास करोड युआन पुगेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा 12.6%ले बृद्धि भएको छ। यसले नागरिकको जीवनलाई व्यावहारिकरुपमा प्रत्याभूत गर्नुका साथै सामाजिक प्रत्याभूति स्तर पनि उकासेको छ। साथै मन्दिरमा नाम दर्ता गरेका भिक्षु-भिक्षुणीको वृद्ध पालनपोषण बिमा र चिकित्सा बिमा सकारात्मकरुपमा पाइएको र साकार तुल्याइएको छ।

            श्री ऊ यिङ्ग च्येले नयाँ वर्षको अवधिमा तिब्बत सरकारले नागरिक जीवनमा सुधार जारी राख्ने तथा तिब्बती जनताको उत्पादन र जीवनस्तर उकास्ने कुरा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह