फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती साधारणद्बारा तिब्बत पात्रोको पानी ड्रागन नववर्ष मनाइएको

(GMT+08:00) 2012-02-22 18:27:58

          फेब्रुअरी महिनाको बाईस तारिखका दिन तिब्बती जातिको परम्परागत चाड-पानी ड्रागन नववर्षको पहिलो दिन हो। जुन तिब्बती जातिय जनताको वर्षभरिको सबभन्दा ठूलो एवम् महत्वपूर्ण परम्परागत चाड पनि हो। हिउँदे पठारभूमिमा जताततै खुशियाली वातावरण छाएको छ। तिब्बतमा विभिन्न जातिय सर्वसाधारणले सो चाड मनाउनका लागि गीत गाउनुका साथै नाचगान पनि गरेका छन्।

         धेरै जनाले "तासिदेलेक"भन्दै शुभकामना दिनुका साथै हिउँदे पठारभूमिमा तिब्बती पात्रोको नव वर्ष आएको छ।

         आज विहान सामान्य भन्दा फरक छ। आज विहान ल्हासा शहरको अर च्ये थाङ्ग बासिन्दाहरूको समितिका साधारणले बालीको प्रतिबिम्बित गर्ने छ्ये मा नामक एक किसिमको मिठाइ बोक्दै सेतो खादा लिएर सो क्षेत्रका विभिन्न पुलिस केन्द्र गएर काम गरिरहेका पुलिसलाई नव वर्षको शुभकामना दिएका छन्। यसका साथै बासिन्दाको आँगनमा सर्वसाधारण र पुलिसले सँगसँगै नव वर्ष मनाउने भोजको आयोजना गरेको छ।

          अर च्ये थाङ्ग बासिन्दाहरूको समितिका बासिन्दा यौङ्ग चनले भनिन्

           सामान्य समयमा तिनीहरूले हावा तथा पानीको दुःख गरेर स्थीरताका लागि धेरै योग्दान गरेका छन्। त्यसैले आज हामी विशेषरुपमा तिनीहरूलाई यहाँ ल्याएर सँगसँग चाड मनाएका छौं। जसकारण हामीलाई एकदमै खुशि लागेको छ।

          नववर्ष मनाउनका लागि नयाँ लुगा लगाउनुपर्छ। त्यसैले यिनै दिनमा तिब्बती जातिय लूगाको बिक्री मात्रा बढेको देखिन्छ। ल्हासा शहरमा भएको तिब्बती जातिय लूगा बिक्री गर्ने पसलको कारोबार एकदमै राम्रो छ। कसैले आफ्नो छोरा-छोरीका लागि तिब्बती जातिय लूगा किनेको छ त कसैले आफ्नी श्रीमतीका लागि । तिब्बती पात्रोको नव वर्ष मनाउनका लागि नयाँ लूगा किन्नुपर्ने र खाद्य पदार्थ तयार गर्नुपर्ने कुराबाहेक किसान-पशुपालकले छ्ये मा र खा साइ नामक एक किसिमको मिठाइ आदि परम्परागत पदार्थ पनि किन्नु पर्दछ।

           तिब्बती सर्वसाधारणले सबैभन्दा भव्य परम्परागत चाड अर्थात तिब्बती पात्रोको नव वर्षको स्वागतार्थ चेमार भन्ने तिब्बती नाटक शुरु भएको छ। तिब्बती सर्वसाधारणले आफ्नै परम्परमगत तरिकामार्फत धेरै उब्जनीयुक्त वर्ष फेरी आउनका लागि स्वागत गरेका छन। गत 2011 मा तिब्बती किसान तथा पशुपालकहरुको औसत आम्दानी 4700 चिनियाँ युआन पुगेको छ। यसबाट गत नौ वर्षदेखि यता तिनीहरुको औसत आम्दानी निरन्तर रुपमा 10 प्रतिशतले बृद्धि हुँदै आएको छ। यसका अतिरिक्त गत वर्ष 3 लाख 40 हजार जति तिब्बती किसान र पशुपालकहरुको आबास सपना साकार तुल्याइएको छ। तिब्बतमा जन्मेका विद्यार्थीहरुको जागिर पाउने अवसर निरन्तर रुपमा प्रशस्त भएबाट तिनीहरुको कार्य बनाउने इच्छा पनि पूरा गरिएको छ। यसबारे चर्चा गर्दै ल्हासा प्रशिक्षण उच्च स्तरीय विद्यालयअन्तर्गत विद्यार्थी मामिला कार्यालयका निर्देशक देकीले भन्नुभयोः

          "हाम्रो विद्यालयमा नब्बे प्रतिशतभन्दा बढी विद्यार्थीहरु किसान तथा पशुपालन क्षेत्रबाट आएका हुन। जागिर खाने ठाउं प्रशस्त भएपछि गत केही वर्षमा बेरोजगारी भएका विद्यार्थीहरुले पनि जागिर खान पाएका छन। यस वर्ष एकदम व्यस्त र खुशी भएको कुरा तिनीहरुले मलाई सुनाएका थिए।"

            तिब्बती पात्रोको नयाँ वर्ष तिब्बतको सबैभन्दा भव्य परम्परागत चाडपर्व हो। यस उपलक्ष्यमा सांस्कृतिक बजारलाई रमाइलो पार्ने उद्देश्यले तिब्बतका विभिन्न तहका सांस्कृतिक मण्डलीले गाउँ गाउँमा गएर कार्यक्रम देखाएर चाडपर्वको रमाइलो वातावरणको सिर्जना गरेका छन। यसका अतिरिक्त घोडा दौड लगायतका केही लोक परम्परागत होडबाजी पनि चाडपर्वको मञ्चमा पुर्‍याइएको छ। विशेष गरी, चलचित्र संस्कृति यस चाडपर्वमा तिब्बती सर्वसाधारणको सबैभन्दा महत्वपूर्ण कार्यक्रम बनेको छ। यसबारे चर्चा गर्दै तिब्बत टेलिभिजन स्टेशनका संस्कृतिक विभागका डाइरेक्टर लोचले भन्नुभयोः

            "तिब्बती पात्रोको पूरानो वर्षको अन्तिम महिनाको 29 तारिखदेखि नयाँ वर्षको पहिलो महिनाको पन्ध्र तारिखसम्म नाटक आदि कार्यक्रम देखाउने योजना छ।"

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह