फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नववर्षको अवधिमा तिब्बत स्वायत प्रदेशको ल्हासा शहरद्वारा त्रिचालिस हजार दुई सय तीस जना पर्यटकको स्वागत

(GMT+08:00) 2012-03-02 11:14:00

          चीनको तिब्बत स्वायत प्रदेशको ल्हासा शहरको पर्यटन व्यूरोले जनाएको तथ्याङ्कअनुसार ,तिब्बती नववर्षको अवधिमा ल्हासा शहरको पर्यटन परिस्थितिमा निरन्तरता र राम्रो विकास देखापरेको छ।

          सो अवधिमा तिब्बतले त्रिचालिस हजार दुई सय तीस जना पर्यटकहरुको स्वागत गरेको छ।यसमा गत वर्षको सोही अवधिको तुलनामा तेह्र दशमलब नौ आठ प्रतिशतले वृद्बि भएको छ। पर्यटन उद्योगमार्फत तिब्बतले दुई करोड 68 लाख छब्बीस हजार चिनियाँ युआनको आम्दानी प्राप्त गरेको छ।

          थाहा भएअनुसार, तिब्बती नववर्ष चीनको तिब्बत स्वायत प्रदेशको सबैभन्दा ठूलो जातीय पर्व हो। तिब्बती नववर्षको हजारौँ वर्षको इतिहास छ। साथै उक्त चाड एउटा राम्रो साँस्कृतिक पर्यटन गर्ने मौका पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह