फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आत्म दाहको वास्तविकता- अधिकांश आपराधिक पृष्ठभूमिका

(GMT+08:00) 2012-03-29 19:05:32
      गत वर्षदेखि यस वर्षको सुरुसम्म स छ्वुआन प्रान्तीय तिब्बती बसोबास क्षेत्रमा भिक्षु –भिक्षुणी र भिक्षुबाट सामान्य जीवनमा फर्केको व्यक्तिले आत्मदाह गर्ने गरेको घटना धेरै पटक सुनिएका छन् । तिब्बती बुद्ध धर्मले हिंसालाई समर्थन गरेको छैन। ती मान्छेहरुले किन यस्तो आत्मदाहजस्तो गतिविधि गरेको ? आत्मदाहको घटना अघि केही मान्छेले सूचना प्रसारण गरेको, केही मान्छेले रेकर्ड गर्न र फोटो खिच्न तयार गरेको र केही मान्छेले बिथोल्न भिक्षु तथा सर्वसाधारणलाई उक्साएको, के यस्ता घटना अकस्मात हुनसक्छन् कि ? स छ्वुआन प्रान्तीय आ पा बस्तिको प्रहरी पक्षको चाँजबुझअनुसार, आत्मदाहका घटनामा अधिकांश भिक्षुबाट सामान्य मान्छेमा फर्केकाहरु छन् । यिनीहरुमा प्रायःजसो आपराधिक पृष्ठभूमिका छन् । आ बा स्वयत प्रशासकीय क्षेत्रका प्रमुख उ च काङ्गले यसरी जानकारी दिनुभयो—

    "आत्म दाह गर्ने भित्रुबाट सामान्य मान्छेमा फर्केका पूरा व्यक्तिसँग आपराधिक रेकड छ। समाजमा यिनीहरुको इज्जत नराम्रो छ। त्यसैले यिनीहरुलाई निराश लाग्छ।"

      स्वतन्त्र तिब्बत पक्षधरले यिनीहरुको निराश मनोभावनाको प्रयोग गरेर उक्साएको हो।

      स छ्वुआन प्रान्तीय कान च भन्ने ठाउँमा बुद्ध धर्म संघका प्रमुख औतारी बुद्ध चातङ्ग रोरुङ्गले आफूलाई दुःख लागेर आत्म दाह गरेका व्यक्तिले बुद्ध धर्म नबुझेको कुरा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह