फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आत्म दाह गतिविधि तिब्बती बौद्ध धर्मको आधारभूत धारणा विपरित

(GMT+08:00) 2012-03-29 19:06:26
      हालै तिब्बती जातीय मुख्य बसोबास क्षेत्रमा भिक्षु-भिक्षुणीले आत्मदाह गरेको घटना देखा परेको छ। यसबारे चर्चा गर्दै चीनको तिब्बती शास्त्र अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता तेजजिन र ल्येन श्यान मिनले आत्मदाह गतिबिधि तिब्बती बौद्ध धर्मको आधारभूत धारणा विपरित भएकाले छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने कुरा व्यक्त गर्नुभएको छ। उहाँहरूले सम्बन्धित व्यक्तिलाई र उक्त घटना निरन्तर विस्तार पारेको तथा राजनीतिकरण पारेकोबारेमा सक्रियताका साथ उक्त किसिमको घटना फेरि नदोहोर्‍याउनेतर्फ आव्हान गर्नुभयो।

      लाह्साबाट आएका तिब्बती जातिय विद्बान तेजजिनले जीवनलाई वास्ता नगरेको आत्मदाह गतिविधिप्रति दुःख तथा दया लागेको कुरा व्यक्त गर्नुभएको छ। उहाँले आत्मदाह गतिविधि तिब्बती बौद्ध धर्मको आधारभूत धारणा विपरित भएकाले छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयोः हाम्रो तिब्बती जातिले तिब्बती बौद्धिक धर्म मानेको हुन्छ। त्यसैले हामीले सबै जीवित कुरालाई एकदमै कदर गरेका छौं। इतिहासमा उक्त आत्मदाह गतिविधि देखा परेको छैन। यी युवक निर्दोष छन् । यस्ता आत्मदाहका गतिविधि यथाशीघ्र अन्त्य हुने आशा छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह