फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको विकास गर्ने महत्वपूर्ण मौका

(GMT+08:00) 2012-03-30 15:48:23

           मानव जातिको इतिहासमा हरेक सभ्यता र हरेक जातिको विकास हुनुका साथसाथै अरु सभ्यता तथा अरु जातिसितको घनिष्ठता आदानप्रदान तथा अन्तर्क्रिया भएको हुन्छ। जसबाट विकासको पूर्वाधार बनेको हुन्छ। मानिसबाट नै सँस्कृतिको प्रदर्शन गर्न सकिन्छ। फरक सँस्कृति बीचको आदानप्रदान तथा सम्पर्क मानिसहरूबीचको सम्पर्कको आधारमा भएको हुन्छ। हामीले तिब्बतको इतिहासबाट तिब्बतीहरु चीनको मध्य भागतर्फ अघि बढेको तथा तिब्बतको ऐतिहासिक विकासका बीचमा घनिष्ठ अन्तर्सम्बन्ध रहेको देखिसकेका छौं।

           तिब्बतका हरेक ठूला विकसित अवधि तथा तिब्बती समाजको महत्वपूर्ण उपलब्धीको अवधिमा तिब्बतीहरु चीनको मध्य भागसम्म ठूलो संख्यामा सरेको देखिएको छ। हरेक अवधिमा तिब्बतीले चीनको मध्य भाग तथा मुख्य भूमिमा पाइला चालेको ठोस कारण, पृष्ठभूमि र गन्तव्य फरक फरक थियो। तथापि यस क्रममा एउटै कुरा स्पष्ट के भएको छ भने तिब्बतीहरुको हरेक पटकमा मध्य क्षेत्र तथा मुख्य क्षेत्रतर्फको स्थानान्तरणले तिब्बती समाजको विकासका लागि नयाँ जीवन शक्ति, रुपान्तरण तथा महत्वपूर्ण मौकाहरु पनि उपलब्ध गराएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह