फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पइचिङ वायु प्रदूषणसम्बन्धी आकस्मिक योजना निकालिएको

(GMT+08:00) 2013-10-23 19:24:13

          झनै गम्भीर भएको वायु प्रदूषणको सामना गर्न पइचिङले नयाँ कदम चालेको छ। आज नव सम्शोधित "पेइचिङ गम्भीर वायु प्रदूषणसम्बन्धी आकस्मिक योजना" औपचारिक रुपमा सार्वजनिक भएको छ। यसअघि चर्चित "रेड अलर्ट डे", "शहरभरि सङ्केत र डोबल नंबर गाडी चलाउन विकल्प रुपमा निषेध"लगायत धेरै कदम चालिएका थिए।

          आज सार्वजनिक भएको उक्त योजना अनुसार, गम्भीर वायु प्रदूषणसम्बन्धी आकस्मिक चेनावनीलाई स्तरबमोजिम हलुकादेखि गम्भीरसम्म नीलो, पहेँलो, सुन्तले, रातो गरी चार रङ्ग तोकिएको छ। सबैभन्दा गम्भीर अवस्थामा रातो चेनावनी हुँदा लगातार तीन दिनसम्म धेरै प्रदूषण देखिने अर्थ लाग्छ। सो अवस्थामा शहरका उत्पादन, विद्यालय जस्ता संस्थालाई बन्द गरिनेछ। तीमध्ये "शहरभरि सङ्केत र डोबल नंबर गाडी चलाउन विकल्प रुपमा निषेध" कदमले सबभन्दा बढी ध्यान तानेको छ। पेइचिङ वातावरण संरक्षण ब्यूरोका उप-प्रमुख फाङ लीले त्यसबारे जानकारी दिनुभयो—

         गम्भीर अवस्थाको रातो आकस्मिक चेनावनी हुँदा शहरभरि सङ्केत र दिनको गन्ती अनुसारका नम्बर भएका गाडी मात्र चलाउन पाउने व्यवस्थाले राम्रो प्रभाव रहन्छ। यस्तो कार्यले अरु तीस प्रतिशत सरकारी गाडी चलाउन निषेध हुनेछ।

         फाङ लीका अनुसार, पइचिङमा गाडीबाट निश्कासन भएको वायु प्रदूषण कूल प्रदूषण मात्राको तीस प्रतिशत पुगेको छ। गाडी चलाउन कम गर्नाले वायु प्रदूषण प्रभावकारी रुपमा नियन्त्रण गर्न सकिन्छ। साथै गाडी चलाउन निषेध कदमबाट सर्वसाधारणको सर्वारीलाई असुविधा नदिनका लागि पेइचिङको सार्वजनिक सवारी साधनलाई पनि बढाइनेछ। पेइचिङ यातायात समितिका अधिकारी रुङ च्युनले जानकारी दिनुभयो—

         यदि "शहरभरी सङ्केत र डोबल नंबर गाडी चलाउन विकल्प रुपमा निषेध" कदम चालिएमा सार्वजनिक सवारी चलाउने यात्रुको संख्या पटक पटक गरी बीस लाख बढ्नेछ। साथै बीस हजारभन्दा बढी सार्वजनिक सवारी साधन पनि बढाउनुपर्छ र सब वेको संचालन समयलाई पनि अरु आधा घण्टासम्म पछि सार्नेछ।

          तर गम्भीर वायु प्रदूषण हुँदा यातायातलाई प्रभाव पारेको मात्र नभई विद्यालय बन्द हुने आकस्मिक चेतावनी योजना पनि तयारी भइरहेको छ। पेइचिङ शिक्षा समितिका अधिकारी ली यीले जानकारी दिनुभयो—

          वातावरण प्रदूषण हुँदा बालबच्चाको स्वास्थ्यमा हामीले सबभन्दा बढी ध्यान दिएका छौँ। रातो चेतावनी हुँदा हामीले सम्बन्धित स्कूल बन्द गर्ने योजना चलाउनेछौँ। यसका साथै हामीले सिकाउने सेवा पनि दिनेछौँ। यससम्बन्धी ठोस योजनाको तयारी भइरहेको छ।

          बताइए अनुसार पेइचिङले वायु प्रदूषण रोक्न अनेकौँ नीति तयारी गरिरहेको छ। प्राप्त तथ्याङ्क अनुसार, पेइचिङको प्रदूषणमा एक चौथाइ भाग बाहिरबाट आएको छ। प्रमुख फाङ लीका अनुसार, पेइचिङ, थ्येन चिन, ह पेइ र त्यस वरिपरि क्षेत्रको वायु प्रदूषण घटाउने कार्य पनि भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह