फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013 जर्मनी-चीनको तिब्बती संस्कृति सप्ताह सुरु

(GMT+08:00) 2013-10-24 19:27:20

           हिजो तेइस तारिख सन् 2013 जर्मनी-चीनको तिब्बती संस्कृति सप्ताह जर्मन राजधानी बर्लिनमा औपचारिक रुपमा सुरु भएको छ। चीनको राज्य परिषदको प्रेस कार्यालय, तिब्बत स्वाय त्त प्रदेशको जन सरकार तथा जर्मनीका लागि चिनियाँ राजदूताबासले संयुक्त रुपमा सो साप्ताहको आयोजना गरेका हुन्।

           चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य एवं जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष यु चङ शङले शुभकामना पत्र पठाउनु भएको थियो। राज्य परिषदको प्रेस कार्यकालयका उप-प्रमुख छ्वी यु यिङले उक्त चिट्ठी वाचन गर्नुभयो। -

           चीन र जर्मनीको लामो इतिहास र शानदार संस्कृति छ। दुई देशबीचको दूरी लामो भए पनि आपसी सांस्कृतिक आदान-प्रदानको इतिहास लामो छ। चीनको संस्कृति शानदार छ, त्यसमध्ये तिब्बती संस्कृति एक निकै महत्वपूर्ण भाग रहेको छ र आफ्नो विशेषता पनि छ। जर्मनी जनतालाई चिनियाँ संस्कृति बुझाउने पूल बनाउने जर्मनीमा तिब्बतसम्बन्धी सप्ताह कार्यक्रमको आयोजना गर्ने लक्ष्य रहेको छ।

           यु चङ शङले लेखेको चिट्ठीका अनुसार, इतिहासमा लामो समयसम्म तिब्बतको विकास स्थगित भएको थियो। सन् 1949 जन गणतन्त्र चीन स्थापना भएपछि तिब्बतमा साँच्चै परिवर्तन भएको थियो। विगत साट्ठी वर्षभन्दा बढी समयमा तिब्बत आधुनिक चीनको विकास तथा वर्तमान विश्वको विकाससँग अनुकूल रहेको बाटोमा आएको छ। सो चीनको तिब्बत संस्कृति सप्ताहले विभिन्न तरिका कार्यक्रममार्फत तिब्बतको प्राकृतिक दृश्य, परम्परागत संस्कृति, सामाजिक विकास र जनताको सुखी जीवन देखाउनेछ। जसबाट जर्मन जनताले प्रत्यक्ष रुपमा तिब्बतको विकास तथा प्रगति बुझ्न सकिन्छ। यस सप्ताह कार्यक्रमले चीन-जर्मनी सांस्कृतिक आदान-प्रदान र दुई देशबीचको मित्रता बढाउने विश्वास आफूले लिएको यु चङ शङले बताउनुभयो।

           सप्ताहको जर्मनी सहायक आयोजक अर्थात डाक्टर गाब्रिल मिन्जले अन्तर्राष्ट्रिय कुलतुर्प्रोजेक्ते कम्पनिका श्रीमती मिन्जले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो-

           तिब्बत सबै जर्मनका लागि प्रिय र पवित्र स्थल हो। यो अनुभव तिब्बती राजनीति, संस्कृति तथा इतिहाससम्बन्धी अनुभवभन्दा कडा छ। त्यसैले यो कार्यक्रमले ज्ञान फैलाउने अर्थ बोकेको छ। भविष्यमा चीन-जर्मनी सम्बन्धको महत्वपूर्ण विषय रहनेछ र त्यसको ठूलो विकास हुनेछ। मलाई निकै खुशी लागेको छ र विगत दश वर्षभन्दा बढी समयमा तिब्बती संस्कृतिको आदान-प्रदान र आपसी विश्वासलाई बढाउन हामीले संयुक्त रुपमा भूमिका निर्वाह गरेका छौँ साथै चीन-जर्मनी आपसी राजनीतिक तथा आर्थिक बुझाइ बढाइएको छ।

           थाहा भएअनुसार, कार्यक्रमको अवधिमा तिब्बत स्वायत प्रदेशका तिब्बतशास्त्रका विशेषज्ञ र जिवित बुद्धले तिब्बतको सामाजिक विकास, जातीय संस्कृति, धर्म र तिब्बती चिकित्साको विकास आदिबारे जर्मन विभिन्न पक्षका व्यक्तिसँग गहिरो रुपमा आदान-प्रदान गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह