फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वमा सवोत्कृष्ठ चिनियाँ मार्सलआर्टबारेमा जानकारी पहिलो

(GMT+08:00) 2010-03-02 09:27:26

      मार्सलआर्टको चीनमा धेरै लामो इतिहास रहेको छ। गत शताब्दि देखि यता चिनियाँ व्यक्ति ब्रुस ली विश्वमा मार्सलआर्टका सबैभन्दा नामी व्यक्तिहरु मध्येका एक हुन। अब हामी ब्रुस लिबारे पनि जानकारी दिन चाहन्छौ।

      ब्रुस ली सन 1940को नभेम्बर 27 तारिखका दिन अमेरिकाको सेफ्रानसिस्कोमा जन्मनुभएको हो। पहिले उहाँको बोलाउने नाम लि जन फान हो, उहाँको परिवामा पाँच जना बालबालीहरु थिए, परिवामा उहाँ काइलो हुनुहुन्थ्यो। उहाँको अन्ग्रेजी नाम ब्रुस ली हो। ब्रुस लीको बाबुको नाम लि हाइ छ्याआन हो, लि हाइ छ्याआन चीनको क्वान तुङ्ग प्रान्तका एक जना प्रसिद्ध कलाकार हुनुहुन्छ, उहाँले परिवारका सबै सदस्यहरुसँगसँगै विश्वको विभिन्न क्षेत्रमा कार्यक्रममा अभिन्य गर्नुभएको छ, त्यसैक्रममा ब्रुस ली अमेरिकामा जन्मनुभएको हो। ब्रुस ली जन्मनुभएको तीन महिना पछी उहाँ परिवारका सबै सदस्यसहीत हंगकंग आउनुभयो। यस पछिका 18 वर्ष सम्म उहाँ हंगकंगमा बस्नुभयो।

      श्री ब्रुस लिको युवावस्था निकै भद्र थियो, छ वर्षको उमेरमा उहाँ चलचित्र "फु क्वी फु युन"मा पहिलो पटक अभिनेता बन्नुभएको थियो। 18 वर्ष अघि श्री ब्रुस ली हंगकंगका 22 वटा चलचित्रहरुमा अभिनेता बन्नुभएको थियो। उहाँ कला क्षेत्रमा लागेपछि लि लोन, स्यआउ लि हाइ छ्याआन आदि नामले चिनिनु भएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह