फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ माटोका भाँडाहरुको इतिहासबारेमा जानकारी दोस्रो

(GMT+08:00) 2010-03-30 10:11:08

      नीलो बुट्टा भएको चिनियाँ माटो बनाउने स्थानीय गाउँले भट्टीहरु चीनका विभिन्न ठाउँमा छरिएर रहेका थिए। तिनको उत्पादन मात्रा सरकारी भट्टीकोभन्दा बढी थियो साथै उत्पादित वस्तुहरुको शैली विविध थियो। यसमा निकै सूक्ष्मताका साथ बनाइएका पनि थिए र खस्रो तरीकाले बनाइएका पनि थिए। निकै सूक्ष्मताका साथ बनाइएका चिनियाँ माटाका ती वस्तुहरु ठुलो ओहदामा बस्ने हाकिमहरु वा धनीहरुका लागि प्रयोगमा ल्याइन्थ्यो भने निम्न गुणस्तरका खस्रा वस्तुहरु सर्वसाधारणले प्रयोग गर्नेगर्दथे।

      पूर्वी चीनको शान तोंग प्रान्तको चिनियाँ माटो व्यवसायको इतिहास धेरै लामो छ। त्यस प्रान्तको च् पो भन्ने ठाउँको चिनियाँ माटो व्यवसाय झनै प्रख्यात छ। चिनियाँ माटो व्यवसायलाई शान तोंग प्रान्तको प्रथाहरुमा "शाउ याओ" भन्ने नाउँ प्रसिद्ध छ। त्यस ठाउँका चिनियाँ माटोका वस्तुहरु प्रायजसो गोलो ढाँचाको हुन्छ। ती वस्तुहरुमा घ्याम्पो, बट्टा, गाग्रो, करुवा, चीनको प्राचीन कालमा प्रयोग हुने बाफको सहायताले खानेकुरा पकाउने भाँडो आदि पनि छन्।

      नीलो बुट्टे चिया दानी चीनका प्राचीन परम्परागत चिनियाँ माटोका

      वस्तुहरुमा पर्दछ। रचनाकारले प्राचीन कुरालाई वर्तमान कालका लागि र विदेशीले प्रयोगमा ल्याउने पश्चमी यूरोपेली ढाँचाको चियादानीको विशेषतालाई समेटेर नीला बुट्टेदार चियादानीको डिजाइन गर्नुभएको छ। नीलो रंगको प्रयोग गरी प्राचीन चीनका चित्रकारहरुले चियादानीको वरिपरि कोरेकाले यस्तो नीला बुट्टेदार चियादानी संकलनकर्ताहरुलाई निकै मन पर्ने चिनियाँ माटोका कलात्मक वस्तु बनेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह