|
|
|
|||||||||
|
||

चीनको लामो पर्खाल हाम्रा प्राचिन चिनियाँ जनताहरुले बनाएको एउटा ठूलो चमत्कारीक वस्तु हो। चीनको छुङ छ्यु वंशदेखि लामो पर्खालको स्थापना शुरु भएको हो। त्यस पछि चीनका विभिन्न वंशका राज्यहरुले पर्खालको लम्बाई थप गरेका छन्। पूर्वदेखि पश्चिमीसम्म लामो पर्खाल शाङ हाइ क्वानदेखि च्या यू क्वानसम्म रहेको छ।
लामो पर्खालका दुर्गम क्षेत्रहरुमा नाकाहरु बनाइएका छन्। ती नाकाहरुमध्ये केही प्रसिद्ध नाकाको नामसँग रमाइलो कथा जोडिएको छ।

"लामो पर्खालको प्रथम नाका" भन्ठानिएको शान हाइ क्वान नाका ह पै र ल्याऊ निंग यी दुईवटा प्रान्त जोडिने क्षेत्रमा अवस्थित छ। यो ठाउँ लामो पर्खालको शुरुवात हो। शान हाइ नाकाको पूर्वतिर येन शान पहाड पर्दछ भने दक्षिणतिर पो हाई समुद्र। शान्दार पहाड र सुन्दर समुद्रले त्यस स्थानलाई ज्यादै रमणीय बनाएको छ। शान हाइ क्वान नाकाको नाम पनि पहाडको शान र समुद्रको हाइ जोडीएर बनेको छ।

शान हाइ क्वान नाका मिंग वंशका प्रसिद्ध जनरल स्यु ताले निर्माण गर्न लगाउनु भएको थियो। मिंग वंशकालमा ती प्रसिद्ध जनरलले गहन रणनैतिक दृष्टिकोण बमोजिम पहाडी र समुद्री क्षेत्रको नियन्त्रण गरिने सो शान हाइ क्वान नाकाको निर्माण गराउनुभएको थियो। सो नाकाका चारवटा द्बार छन्। पूर्वी द्बारभित्रको पहिलो भवनमा "विश्वको प्रथम नाका" लेखिएको एउटा ठूलो बोर्ड झुण्ड्याइएको छ। सो बोर्डको लम्बाइ 5.सय90 मिटर छ भने चौडाई 1सय.60 मिटर छ। बोर्डमा रहेका अक्षरको लम्बाइ 1.सय45 मिटर छ भने चौडाइ 1.सय9 मिटर रहेको छ। यी अक्षर मिंग वंशका प्रसिद्ध लिपीकार स्याऊ सेनले लेख्नुभएको हो। तर सो बोर्डमा लिपीकारको नाम लेखिएको छैन। किनभने लिपीकार स्याऊ सेनले सो बोर्डमा केही अक्षर लेखेपछि उहाँलाई केही असन्तोष लागेको थियो। त्यसपछि उहाँले त्यहाँ छेऊमै रहेको एउटा सानो रेस्टुराँमा बसेर रक्सी पिउनुभयो। टेबुलमा पोखिएको वा खसेको रक्सीबाट बनेको आकृति उहाँलाई ज्यादै मन पर्दो रहेछ। उहाँले सो छायाँमा देखिएको आकार बमोजिम बाँकी अक्षर लेख्नुभएको थियो। उहाँले सो बोर्डमा आफ्नो नाम लेख्ने विचार गर्नुभएको थिएन। यसैले सो प्रसिद्ध बोर्ड लिपीकारको नाम अंकित नभएका विरलै देखिने प्रसिद्ध बोर्डहरुमध्येको एक बनेको छ।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||