फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा स्वास्थ्य संस्थाको विकास बारेमा जानकारी पहिलो

(GMT+08:00) 2010-05-18 12:58:31

        चीन यौटा एकीकृत बहुजातीय मुलुक हो र यो संरारमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। यसको जनसंख्या 1 अर्ब30 करोड छ। चीनमा 56 वटा जातिहरु छन्।

      चीनका जातिहरुमध्ये हान्, मंगोलियाली, व्ही, तिव्वती, युगुर, म्यां, इ, च्वांग, पु इ, कोरियाली, मान्, थोंग, याओ, बाइ, थु च्या, हा नि, कजाक, ताइ, लि, लि सु, वा, श, गाओ शान्, ला खु, सुइ, तोंग स्यांग, ना सि, जिन फो, खर्खज, थु, दावर, मो लाओ, छिआन्, बु लांग र सा रा जाति रहेका छन् ।

      त्यसैगरी माओ नान्, छि लाओ, सि पो, आ छांग, फु मि, ताजिक, नु, उज्वेक, रुसी, अ वन् ख, द आंग, पाओ आन्, यु कू, चिंग, तातार, दु लोंग, अ रुंग छुन्, ह च, मन् बा, क बा र चि नो छन्। यसबाहेक चीनमा असंख्य अल्पसंख्यक जातिका मानिसहरुको पनि बसोबास छ जसको जनसंख्या निकै न्यून छ।

      चीनमा हान् जातिको जनसंख्याले कूल जनसंख्याको 92 प्रतिशत ठाउँ ओगटेको छ र अल्पसंख्यक जातिहरुको जनसंख्या आठ प्रतिशतभन्दा बढी छ। हान् जाति बाहेकका 55 वटा अल्पसंख्यक जातिको जनसंख्या हान् जातिको भन्दा कम देखिन्छ। यसैले चीनको चलन अनुसार तिनीहरुलाई अल्प संख्यक जातिको नाउँ दिइएको हो। ती अल्पसंख्यक जातिहरु मुख्यतः चीनको उत्तर-पश्चिमी, दक्षिण-पश्चिमी र उत्तर-पूर्वी क्षेत्रमा बसोबास गर्दछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह